समाचार

गलकोटमा रोपाइँको चटारो

बलेवा। बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । “खोलाको पानी चिसो […]

मौरीपालनमा सफल रामकुमारी

डडुवा। म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी खत्रीले तीस वर्षअघि मौरीपालन सुरु गर्दा तत्कालीन कृषि विकास कार्यालयमा यससम्बन्धी कार्यक्रम थिएन । विसं २०५० मा रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम सुनेर मौरी पाल्ने योजना बनाएकी रामकुमारी कार्यालयमा पुग्दा कार्यक्रम नभएको बताएपछि प्राविधिक सल्लाह मात्र लिएर फर्किएकी थिइन्। “त्यतिबेला अहिलेजस्तो पुस्तक पढ्ने, भिडियो हेर्ने सुविधा थिएन, रेडियोमा […]

वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली

जानकी। बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन् । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ […]

तनहुँमा व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती

तनहुँ। यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । “गत […]

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

चितवन। चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं. १० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए […]

अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङमा चार सय बङ्गुर मरे

गलकोट। अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम […]

दुई वटा चिस्यान गृह निर्माण

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान गृह बनाइएको गाउँपालिकाका […]

फलफूल पकाउन हानिकारक विषादीको प्रयोग

भरतपुर। भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ । बुधबार महानगरपालिकाले विभिन्न पसलमा अनुगमन गरेको थियो । उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । […]

कफीमा सेतो गवारो र छहारीको समस्या

तम्घास। गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । “तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ”, मदाने […]

आज विश्व दूध दिवस मनाइँदै

ललितपुर। आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध […]