समाचार

तीन हजार दुई सय बिघा जग्गा सिञ्चित

चितवन। चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ […]

डोटीमा वर्षे रोपाइँ सुरु

दीपायल। डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो । खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् । जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र […]

परम्परागत खेती छाडेर कफी खेतीमा

रेसुङ्गा। गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् । तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत […]

बिक्री हुन छाडे माटाका भाँडा

बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गरे । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसायनै छोडे । उनले भने,“अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री […]

पदमार्गले जोडिँदै करवाकेली–मोहरेडाँडा

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो । अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत […]

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

टङ्कीसिनवारी। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै […]

कोसेलीका रुपमा विदेश पुग्छ रातो च्याउ

गलेश्वर। म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन् । मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, […]

तनहुँका सबै पालिकामा‘पशुमा पूर्ण खोप’ कार्यक्रम सञ्चालन

डुम्रे। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको छ । तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल […]

महिनौँदेखि पानीको समस्या भोग्दै मानेभञ्याङवासी

भोजपुर। उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय आक्रोशितसमेत भएका छन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महसुल […]

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

जलेश्वर। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा […]