समाचार

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ। कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । […]

हुम्लामा खाद्यान्न अभाव

सिमकोट। हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म […]

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

गुल्मी। गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी किसानको सहभागिता थियो […]

रसुवामा निःशुल्क पशु उपचार सेवा

रसुवा। लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचारहुन थालेको हो । सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको पशुसेवा कार्यालय नुवाकोटमा गाभिएपछि बन्द सेवा पुनः सञ्चालन हुनु राम्रो काम भएको र पशु उपचारमा सहज भएको […]

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

चितवन। पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । […]

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्ला। जुम्लाका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । […]

साइलेज उद्योग सञ्चालनमा

भरतपुर। दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ । […]

उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै

कटारी। उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । वडाध्यक्ष अनन्त हायुका […]

रोगको प्रकोपले किसान चिन्तित

गलेश्वर। खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा […]

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

गण्डकी। भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका […]