समाचार

हलेसी तुवाचुङ नगरपालिकाद्धारा किसानलाई बाख्रा वितरण

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र […]

आरन पेसा सङ्कटमा

खलङ्गा। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहरेहका हुन्छन् । लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका लुहारले आरन व्यवसाय सञ्चालन […]

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

झापा। मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो । पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठुला र साना गरी […]

असार १५ को पहिचान : दही र चिउरा

भक्तपुर। भक्तपुरमा दही कान्छाले परिचत जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ । आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि दही बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो । त्यसो त आज मात्रै होइन, असार १५ नजिकिएसँगै […]

‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म […]

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाए । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन् । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले […]

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

ललितपुर।  आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषि विभागको […]

सुत्केरी भैँसीलाई भत्ता

जाजरकोट। नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू. एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी […]

एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै

मध्यविन्दु। नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो । उक्त कार्यालयको परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सवडिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काइएका एक लाख १८ हजार बिरुवा […]

किसानलाई अनुदानमा कृषि उपकरण

जानकी। बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । “किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ”, उहाँले […]