समाचार

प्रविधिमा किसानको आकर्षण बढ्दो

वेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ । पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्नका लागि उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । “अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती […]

बाख्रापालनमा हौसिँदै रामपुरका महिला

रामपुर। करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो । बाख्रापालन गरेर आम्दानी धेरै लिन सकिन्छ भन्ने चेतना र सोच कमैमा थियो । बाख्रापालन गर्ने प्रविधि, ज्ञान, सीप र […]

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु। देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकामा अहिले ३० देखि […]

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली। असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल […]

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य

मान्म। कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो । नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा […]

जुम्लामा पनि देखियो लम्पी स्किन रोग

जुम्ला। हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ । […]

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

वीरगञ्ज।अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय […]

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

सिन्धुली। कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताए । अहिले धान रोपाइँ गर्ने […]

चेपाङ समुदायलाई फलफूलका बिरुवा वितरण

रत्ननगर। चितवनको इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ । उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भू–क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको हो । इच्छाकामना–१ भालुडाँडामा आयोजित कार्यक्रममा स्थानीय ५२ परिवार चेपाङलाई ७१ हजार सात सय ५० सुन्तलाको बिरुवा, ५२ परिवारलाई चार सय ५० कागतीका बिरुवा […]

मधेस प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने

वीरगन्ज। बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने जनाएको छ […]