समाचार

गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात

ललितपुर। गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन ९जिडिपी०मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । सात अर्बको करोड […]

‘रैथानेबालीको संरक्षण गर्न प्राथमिकता दिनुहोस्’

कर्णाली। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९/८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई सुझाए । उनले भने, “गत आर्थिक […]

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

ललितपुर। राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ । सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका […]

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

बेनी। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ । यहाँका […]

भारतीय मलकै भरमा खेती

टीकापुर। यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ […]

पुल नबन्दा तरकारी बारीमै कुहियो

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए । “तरकारी फल्ने र […]

लोप हुँदै फापर र जुनेलो खेती

गलेश्वर। म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ । यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को […]

पानी अभावले रोपाइँ ढिला

डुम्रे। असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमलीले बताए । उनले भने, “यस वर्ष त रोपाइँ नै […]

गबारोबाट धानबालीमा क्षति

दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उनले भने, […]