समाचार

किसानलाई चियाको न्यूनतम मूल्य दिलाउने नगरपालिकाको प्रतिबद्धता

इलाम। हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया […]

अहिलेको कृषिशिक्षा पद्दति र प्रवृतिले नेपालको कृषिलाइ अगाडी लैजान सक्दैन कि!

विगतदेखि हेर्ने हो भने नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपाय शिर्षकमा कति छलफल, गोष्ठी/सेमिनार भएहोलान । नेपालको कृषिलाई उघो लगाउने विभिन्न उपायसहित योजनाहरु पनि कार्यान्वयनमा आएकै हुन्, तर खोइ त यसको तात्विक परिवर्तनको अनिभुती ! कारण खोज्दै जाने हो भने यसको खास जरो कृषि शिक्षा दिने स्कूल/शिक्षालय वा बिश्वबिद्यालयमै पुग्दछ जस्तो लाग्दछ । होइन […]

बजार अभावले खेती छाड्दै परबर उत्पादक किसान

कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परबर खेती गर्न छाड्दै जान थालेका छन् । नगरपालिकाका छभन्दा बढी वडाका सय बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् । नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँुदै आएको थियो । भारतीय बजारमा निर्यात […]

रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । लिमिटेडले विज्ञप्ति निकालेर शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गर्दै आवश्यक सबै कागजात पठाएको […]

दार्चुलामा पहिलोपटक ड्रागन फ्रुट खेती

दार्चुला। जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन फ्रुट खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन फ्रुट खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरेका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामी लगायतको […]

उच्च प्रविधिको प्रयोग गरी तरकारी खेती गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

चितवन। कृषि ज्ञान केन्द्र चितवनले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती गर्नका लागि आवश्यक संरचना निर्माणमा ५० प्रतिशत सहयोग गर्ने भएको छ । यसका लागि मकवानपुर र चितवन जिल्लाका ईच्छुक कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समुह तथा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र […]

चिया तथा कफीको विकासमा नार्कले थप अनुसन्धान गर्ने

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालका उपस्थितिमा उक्त मन्त्रालयमा आईतबार परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारी र राष्ट्रिय चिया […]

मल कालोबजारी प्रकरण : जिल्ला प्रशासनले ४ जनालाई तोक्यो प्रतिव्यक्ति १० हजार जारिवाना

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही रु १० हजार जरिवाना गरेको हो । मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका […]

किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्दे गाउँपालिका

तम्घास। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको […]

रासायनिक मलको बिकल्पमा मानब पिसाब

नेपाल एक कृषि प्रधान देश हो र देशको कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको छ । देश बिकासको लागि कृषि क्रान्ति र यस क्षेत्रको बिकासको अपरिहार्य रहनेमा सबैको एकमत छ । कृषि क्षेत्रमा अनेक समस्या छन । तिनै मध्येको अहिलेको प्रमुख समस्या रासायनिक मलको अभाव हो । अहिलेको परिबेस हेर्ने हो भने […]