समाचार

यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

डोल्पा। अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी […]

‘मिहिनेत गरे के हुन्न ’

ललितपुर। चार वर्ष नारायणप्रसाद शर्माले बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताए ।उनले गाइभैँसी पालेर केही समय दूध बेचे । पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाए । सबै क्षेत्रमा सफलता हुँदाहुँदै उनले चार वर्षदेखि माछा पालन व्यवसाय थालेका छन् । उनको व्यवसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो । बागलुङ –३ को काठेखोला […]

आउनुहोस प्लास्टिकको टनेल निर्माण गर्न सिकौं

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। […]

किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सृजना गर – महासंघ

ललितपुर। अखिल नेपाल किसान महासंघले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्‍याउन आवश्यक रहेको बताएको छ । महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको […]

बाँकेमा रामपुर–१० जातको मकैको बीउ उत्पादन शुरु

बाँके। थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ । सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको […]

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा […]

रैथाने बाली प्रवर्धनको लागि खाद्य विविधिकरण

रैथाने बाली भन्नाले परम्पराखि उब्जाई रहेको किसानद्वारा संरक्षित महत्वपुर्ण बालीहरु पर्छन । यी स्थानीय बालीहरु मा कोदो, फापर, चिनो, कागुनो, लट्टे, जौ, पिंडालु, सिमि आदि र केहि स्थानीय काँक्रा, खुर्सानी, धान, मकै आदि समेटिएका छन् । यी रैथाने बालिहरुको संरक्षण, महत्व र यिनीहरुको प्रबर्धन सम्बन्धि बिभीन्न नीतिहरु जस्तै राष्ट्रिय कृषि नीति २०६१, कृषि बिकाश रणनीति […]

आगामी आ.व.को नीति तथा कार्यक्रममा कृषि सम्बन्धि समेटिनुपर्ने विषयवस्तुहरु

नेपाल कृषि प्रधान देश र यहाँका नागरिकहरुको मुख्य पेशा नै कृषि रहेको कुरा हालसम्म पनि कृषिमा करिब ६० प्रतिशत जनसंख्या संलग्न भएको तञ्याङ्कले जनाउँछ । कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । तीनै तहका सरकारहरुको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिई रोजगारी सृजनाको मूल आधारका रूपमा स्वीकार गरेको छ […]

जुस उद्योग स्थापना

खलङ्गा। जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले […]

चुरे क्षेत्रमा पिउने पानी अभाव

सर्लाही। चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ । चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई […]