ललितपुर। कृषि विकास बैंकको बैंकिङ सेवा आज (शुक्रवार) देखि आइतवारसम्म बन्द हुने भएको छ ।

शुक्रवार दिउँसो २:३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जानकारी गराएको हो ।

बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले उक्त सेवा बन्द हुने भएको हो । यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड लगायत सबै सेवा बन्द हुनेछ ।