समाचार

महालक्ष्मी नगरपालिकाले किसानलाई दियो २४ लाख

ललितपुर। महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो । महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु. २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख […]

विपन्न वर्गका कृषकहरुलाई उन्नत जातको राँगा निशुल्क वितरण

मच्छी। प्यूठानको झिमरुक गाउँपालिकाले गरिबीको समस्याबाट प्रभावित कृषक दलित पिछडिएको समुदाय तथा सुरक्षित बसोबास नभएको कृषक परिवारलाई उन्नत जातको राँगा वितरण गरेको छ । गरीब घरपरिवारको आर्थिक अबस्ता सुधार गर्न पालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी पालनमाथप सहयोग होस् भनी उन्नत जातका राँगा वितरण गरिएको पालिकाले जनाएको छ। पालिकाले किसानलाई उन्नत जातको राँगा निशुल्क अनुदानमा वितरण […]

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

गलेश्वर। असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने […]

मेसिनबाट धान रोपाइ

पर्सा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो । स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि […]

७४ हजार खसीबाख्रालाई पिपिआरको खोप

वीरगञ्ज। खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए । उनले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताए । महामारीका रुपमा रहेको […]

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान

चितवन। जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् […]

नेपालको कृषिको पर्दा खोलेर हेर्दा

देशको करिव दुईतिहाई जनसङ्ख्या आवद्ध भई कुल ग्राहस्थ उत्पादनमा एकतिहाई योगदान पुर्याएको तथा मानव जिवन अस्थित्व संग प्रत्यक्ष जोडिएको कृषि क्षेत्र भित्र पर्दा खोलेर हेर्दा यथार्थता अर्कै छ । विश्व एकाईसौ सताब्दीको विकासको चरम बिन्दुमा पुगी कृषि लगाएतका हरेक क्षेत्रमा चामत्कारिक विकास गर्दा नेपालको कृषि भने “कृषि प्रधान देश नेपाल” यो गुलियो नारामा मात्र सिमित […]

किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन

टीकापुर। कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् । जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरहेका […]

नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब १०० बिरुवा रोपिएको हो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो कोरोना सङ्क्रमण हुन नदिन उपयोगी मानिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै मन्दिरका संरक्षक रुरु […]

देशभर हल्का देखि मध्यम वर्षा हुने

ललितपुर। देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एकरदुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम […]