मच्छी। प्यूठानको झिमरुक गाउँपालिकाले गरिबीको समस्याबाट प्रभावित कृषक दलित पिछडिएको समुदाय तथा सुरक्षित बसोबास नभएको कृषक परिवारलाई उन्नत जातको राँगा वितरण गरेको छ । गरीब घरपरिवारको आर्थिक अबस्ता सुधार गर्न पालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी पालनमाथप सहयोग होस् भनी उन्नत जातका राँगा वितरण गरिएको पालिकाले जनाएको छ। पालिकाले किसानलाई उन्नत जातको राँगा निशुल्क अनुदानमा वितरण गरेको हो ।
पालिकाले किसानलाई राँगा वितरण गरेपछि भैसी पालक किसान खुशी भएका छन् । झिमरुक–२ का किसान जितबहादुर महतरा आफूले भैसी पाल्दै आएको र भैंसीमै आफू आत्मनिर्भर भयकाले उन्नतजातको राँगो पाएपछि सहज हुने उहाँको भनाइ छ । यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ ।”
पालिकाले महतराजस्तै आठ जना किसानलाई राँगा वितरण गरेको हो । झिमरुक –३ का घमानसिंह के.सी. पनि गाउँपालिकाबाट उन्नत जातको राँगा पाएपछि खुशी हुनुभएको छ । उहाँ अनुदानमा पाएको राँगाले आफूले गरिरहेको भैंसीपालन कार्यमा टेवा पुग्ने बताउनुहुन्छ । “हामीले उन्नत जातको राँगाकिन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको राँगो भएमा स्थानीय जातको लोकल भैंसीले पनि उन्नत पाडापाडी जन्माउन सक्छन्”, के.सीले भन्नुभयो, “यसले भैसीउन्नत खालको हुनुकासाथै नश्ल सुधारमा सहयोग पुग्छ । उन्नत जातका भैंसी धेरै भएमा दुधअभाव पूर्ति गर्न सहयोग पुग्छ।”
पालिका अध्यक्ष तिलक जिसीले राँगा वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धिहुने गरी प्रतिफल दिन किसानलाई आग्रह गर्नुभयो । “किसानहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा दुध उत्पादनको अवस्थालाई वृद्धि गर्न राँगावितरण गरेका हौँ”, अध्यक्ष जिसी भन्नुभयो, “किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ भन्दै किसानलाई राम्रो उत्पादन लिन आग्रह गर्नुभयो । स्थानीयसरकार सधैँसहयोगी भूमिकामा हुनेछ ।”
लुम्बिनी प्रदेश सरकारबाट विशेष अनुदानमा प्राप्त : मुख्यमन्त्री
ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका विपन्न वर्गका कृषकहरुलाई वितरण गरियको पशु सेवा शाखाका प्रमुख प्रेम जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पशु सेवा शाखालेकिसानको मागलाई मध्यनजर गर्दै उन्नत जातको राँगावितरण गरेको हो ।”