समाचार

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी। वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो । सामुदायिक […]

धादिङमा चर्छन् चितवनका मौरी

धादिङ। वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ । चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै […]

प्रदेश नं १ मा रासायनिक मलको अभाव छैन

विराटनगर। प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपाईं सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार पाँच सय ६ मेट्रिक टन, डिएपी ६ सय ४६ मेट्रिक टन […]

वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो

दैलेख। नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो । असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल […]

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ । नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे परियोजनाले धान अनुसन्धानका क्षेत्रमा नयाँ […]

दूध उत्पादक कृषकलाई १८ लाख अनुदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान वापत रु. १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीतिबमोजिम गाउँपालिकाले प्रोत्साहनस्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी […]

तिला गाउँपालिका : सिमी जोन कार्यक्रम सञ्चालन हुने

खलङ्गा। जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो । […]

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा बढुवा

ललितपुर। सरकारले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय शर्मा, डा.निरु दाहाल पाण्डे र […]

बेर्ना सारेको एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीमै हेलिप्याड निर्माण

गोरखा। उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करीब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए । चुमनुब्रीकिसान […]

रसुवागढी नाकाबाट एकैदिन १० कन्टेनर स्याउ आयात

रसुवा। रसुवागढी नाकाबाट आइतवार एकैदिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतवार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ । आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने […]