समाचार

उखु किसानको रकम तत्काल भुक्तानी गर्न किसान संगठनको माग

ललितपुर। किसान संगठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्। ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन्। अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफैँले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि […]

कृषि उपज र आलु संकलन केन्द्र निर्माण

तनहुँ । यसवर्ष चार कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको […]

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डोटी। पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम […]

व्यावसायिक पशुपालनसँगै डाँलेघाँसका बिरुवाको माग बढ्दो

गण्डकी। डिभिजन वन कार्यालय कास्कीद्वारा सञ्चालित वन नर्सरीमा डाँलेघाँसका बिरुवाको माग अत्यधिक रहेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवा वर्ग व्यावसायिक पशुपालनतर्फ लागेसँगै डाँलेघाँसका बिरुवाको माग ह्वात्तै बढेको हो । कोरोना महामारीसँगै मुलुकमा व्यावसायिक पशुपालक कृषकको सङ्ख्या बढेको कारण वन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिललगायतका रु एक लाख ५० हजार डाँलेघाँसका बिरुवा निःशुल्क वितरण […]

म्याग्दीको गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यसवर्ष करीब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जानकारी दिएको छ । समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको […]

सेञ्चुरी कमर्सियल बैंक र कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जा सम्बन्धी सम्झौता

ललितपुर। सेञ्चुरी कमर्सियल बैंकले कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग एक सम्झौता गरेको छ । कर्णाली प्रदेशले कार्यान्वयनमा ल्याएको ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६’कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच सम्झौता भएको हो । सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण […]

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

रामपुर। रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान […]

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

कञ्चनपुर। बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो । एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू […]

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर। यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे […]

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

ललितपुर। भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउने व्यवस्था […]