परीक्षण बिनाको खेतीः उत्पादनमा क्षति
बलेवा। गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने विधि कृषि प्राविधिकले सिकाए । कृषि चुन नगरपालिकाले निःशुल्क बाँड्यो । नगरले निःशुल्क रुपमा गरेको परीक्षणमा कृषि शाखाले […]





