समाचार

नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

बाँके। नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो। यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८९ करोड […]

कृषिमा सात करोड १७ लाख

मंगलबारे। चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा कृषि ज्ञान केन्द्र इलाममार्फत रु सात करोड १७ लाख ७७ हजारका विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारबाट रु पाँच करोड ३७ लाख ६२ हजार र सङ्घबाट एक करोड ८१ लाख १५ हजारको गरी वार्षिक सात करोड माथिका कार्यक्रम सञ्चालन हुने भएका हुन् । केन्द्रका कृषिप्रसार […]

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

महोत्तरी। यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भने, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक […]

सहकारीद्वारा कृषिमा लगानी

बागलुङ। यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ । शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि व्यवसाय थालेको हो । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर कृषि खेती सुरु गरिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतीले जानकारी दिए । रुम्टामा रहेको लक्ष्मीनारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो । […]

अझै केही दिन वर्षा

ललितपुर। दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ । झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल तथा मौसमविज्ञान […]

ग्राहकसँगै पर्यटक लोभ्याउँदै कालिज फार्म

झापा। इलामको दक्षिणी गाउँपालिका रोङका किटेनीमा सञ्चालित प्रदेश नं १ कै पहिलो कालिज (जङ्गली कुखुरा) फार्मले आम्दानीसँगै पर्यटक आकर्षित गर्न थालेको छ । रोङ गाउँपालिका–४ किटेनीमा मेची राजमार्गसँगै जोडिएको सात रोपनी जग्गामा नेपाल प्रहरीका भूतपूर्व सहायक निरीक्षक नन्द गुरुङले दुई वर्षअघि पोखराका साथीसँग मिलेर रु एक करोड लगानीमा इस्टर्न वाइल्ड फुड प्रालि नामक कम्पनीमार्फत कालिज […]

फूल खेती, ३० लाखसम्म आम्दानी

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरुआत गरेको छ ।गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि दुई ठाउँमा फूल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । वडा नं. ४ को पुछारमा १४ रोपनी र वडा नं. ७ को […]

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय

कञ्चनपुर। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरितार्थ गरेको छ । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उनको परिवारले मनग्गे आम्दानी गर्दै आएको छ । नर्सरीमा उत्पादित बिरुवा एकजनाले मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको विक्री गर्दै आएका छन् । धामीको परिवारका तीनै जनाले वार्षिक ७५ […]

किसानले फलाएको बर्खे आलु कुहिन थाल्यो

बागलुङ। बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन्। राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्‍याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो। ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँका […]

बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बाँके। बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ । अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटे बाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ । बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका […]