समाचार

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

कञ्चनपुर। बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो । एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू […]

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर। यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे […]

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

ललितपुर। भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउने व्यवस्था […]

पर्वतको चिसापानी लेकमा व्यावसायिक चिया खेती सुरु

पर्वत। महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको […]

७५ बिघामा माछा पोखरी बनाइँदै

भरतपुर।  जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु ३० लाख बजेट स्वीकृत गरिएको छ । कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा […]

धानबालीमा रोग लागेपछि किसान चिन्तित

कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो । यस वर्ष समयमै पानी पर्दा […]

पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

किमाथाङ्का। सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो । किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । उहाँले लगानी खेर नफाली उत्पादन वृद्धि […]

किसानलाई ३३ लाख बराबरको कृषि औजार वितरण

खलङ्गा। कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि […]

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

बनेपा। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्छन् । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् । उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक […]

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

ललितपुर। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। […]