ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो
फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैंची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न […]





