समाचार

फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ। कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मनुभएका उहाँ पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्यो । उसबेला कैयौँपटक हम्मरले फलामको […]

गएको वर्षभन्दा बढी रोपाइँ

विराटनगर। प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमीनमा रोपाइँ भएको छ । गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमीनमा रोपाइँ भएको थियो । चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएकामा तीमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालयका प्रवक्ता […]

दाजुभाइको लोभलाग्दो उद्यम

गलकोट। बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । मीन रेश नुन्थला […]

मुस्ताङी ऊनको बजार सुनिश्चित

मुस्ताङ। च्यांग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्यांग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा […]

कञ्चनपुरका पशुमा देखियो लम्पी स्किन रोग

कञ्चनपुर। पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए। ‘यस्तोे संक्तमण अन्य पशुमा […]

जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

रोल्पा। जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् । “पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती शुरु गरेका हौँ, कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक […]

गुल्मीको मुसिकोटमा बीउ स्रोत केन्द्र स्थापना

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी […]

किसानलाई आधुनिक औजार वितरण

डडेल्धुरा। कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, […]

दाङका पहाडी क्षेत्र जडिबुटीको पकेट क्षेत्र बनाइँदै

दाङ। दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं. १८ र १९ तथा बंगालाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो । स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने […]