समाचार

पुष्प तथा पुष्पजन्य बस्तुको अनियन्त्रित आयात विरुद्ध पुष्प व्यवसायीको प्रदर्शन

ललितपुर। अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको आलोचना सहित विरोध गर्दै ¥याली निकालेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध ¥यालीसहितको प्रदर्शन […]

इजरायलमा हुने उन्नत जातको केरा खेती झापामा, १० वर्षसम्म आम्दानी लिनसकिने

बनियानी। इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती शुरु गरेका हुन् । झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए । “एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता […]

फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ। कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मनुभएका उहाँ पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्यो । उसबेला कैयौँपटक हम्मरले फलामको […]

गएको वर्षभन्दा बढी रोपाइँ

विराटनगर। प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमीनमा रोपाइँ भएको छ । गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमीनमा रोपाइँ भएको थियो । चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएकामा तीमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालयका प्रवक्ता […]

दाजुभाइको लोभलाग्दो उद्यम

गलकोट। बागलुङ जिल्लाका काठेखोला गउँपालिका-७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए । मीन रेश नुन्थला […]

मुस्ताङी ऊनको बजार सुनिश्चित

मुस्ताङ। च्यांग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्यांग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

राजविराज। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा […]

कञ्चनपुरका पशुमा देखियो लम्पी स्किन रोग

कञ्चनपुर। पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए। ‘यस्तोे संक्तमण अन्य पशुमा […]

जलवायु अनुकूलित खेतीमा उपाय खोज्दै रोल्पाका किसान

रोल्पा। जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिन थालेपछि रोल्पाका कृषकहरु अनुकूलन उपाय खोजी गर्न थालेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ३० घरधुरी कृषकले अनुकूलनका विभिन्न उपाय अवलम्बन गर्दै खेतीपाती शुरु गरेका हुन् । “पहिले गरिँदै आएको खेती प्रविधिलाई सुधार गरी खेतीपाती शुरु गरेका हौँ, कृषिमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा कीटनाशक […]

गुल्मीको मुसिकोटमा बीउ स्रोत केन्द्र स्थापना

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी […]