बिक्रीका लागि राखिएको खान अयोग्य माछा नष्ट
चितवन। बिक्रीका लागि राखिएको १४२ किलोग्राम खान अयोग्य (गुणस्तरहीन) माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा जिल्लास्थित बालकुमारी तरकारी बिक्री केन्द्र र कमलनगर तरकारी बिक्री केन्द्रमा आज गरिएको बजार अनुगमनका क्रममा बिक्रीका लागि राखिएको खान अयोग्य (सड्न लागेका) उक्त परिमाणको माछा बरामद गरी नष्ट गरिएको हो । […]