ललितपुर। नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बली भई प्रदेश नं. १, बागमती र गण्डकी प्रदशका थोरै स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदल रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २८ र न्यूनतम २० डिग्री सेल्सियस छ । रासस