वन क्षेत्रलाई व्यवस्थित बनाउन स्थलगत अभ्यास
भोजपुर। सामुदायिक वनलाई सक्रिय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिकरूपमा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो । डिभिजन वन कार्यालय भोजपुरले यहाँका निष्क्रिय जस्तै बनेका सामुदायिक वनलाई सक्रिय बनाएर आयआर्जनमा जोड्न सामुदायिक वनमा स्थलगत अभ्यास कार्यक्रम सञ्चालन गरेको […]





