समाचार

बालुवामा हरियाली, फलफूल र तरकारी

महोत्तरी। न चैत महिनाको प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे जग्गा खोस्रेर भङ्गाहा नगरपालिका–६ स्थित पर्सा र सग्रामपुर किसानले माटोमा ‘सुन’ फलाएका छन् । अहिले रातु नदीको पुरानो बगर किसानको मिहेनतले सबैतिर हराभरा भएको छ । बालुबुर्जको बलौटे […]

चैतेदशैँ सकियो, बिकेनन् ठेकाठेकी

बलेवा। चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैतेदशैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ कालिका नामक पुस्तकमा उल्लेख भएअनुसार यो पर्व बागलुङको पहिचान र ठूलो चाड हो । चैत शुक्ल पक्षको नवदुर्गामा बागलुङ कालिकाको पूजाआजा र मन्दिर परिसरमा लाग्ने मेला एकअर्काका पर्याय हुन् […]

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

ललितपुर। नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो । महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण […]

आलु मकैको खेती छाडेर किबी व्यवसायतर्फ भोजपुरका किसान

भोजपुर। आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यावसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् । एकपटक रोपिएपछि बर्सौसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबीखेतीमा लागेका छन् […]

मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ। आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास […]

माछाका भुरा बिक्री नहुँदा समस्या

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा परेकाछन् । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उनले घाटा व्यहोरेका हुन् । प्रतिवर्ष रु. २५ लाखदेखि रु. ३० लाखसम्मका विभिन्न जातका झण्डै तीन करोड माछाका भुरा बिक्री हुँदै आएका थिए । कोरोनाको सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण […]

कृषि गणक र सुपरिवेक्षक खटिँदै

रुकुम(पूर्व)। रुकुम(पूर्व)मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ । तालिम रुकुमकोटमा जारी छ । […]

सामुदायिक वनमा फलफूल खेती

बलेवा। हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो । बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले […]

आँपमा मधुवाले सताउँदा किसान हैरान

महोत्तरी। पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर मञ्जरी,फूलले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग पर्नुभएका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा आँपको मज्जरमा लाग्ने रोग का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै […]

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

महेन्द्रनगर। बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो। जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढी विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ। कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका घरमा बाख्रापालन गरिन्छ। आठ दशकभन्दा पुरानो […]