समाचार

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

खलङ्गा। कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित बाइराँकामा उन्नत जातको […]

प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

झापा। हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ । बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ । कचनकबल–४ फेर्कागाछी निवासी ४३ […]

चितवनमा धान उत्पादन घट्यो, मकैको उत्पादन भने स्थिर

चितवन। जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए […]

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरीत

भक्तपुर। भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकांश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो […]

विश्व सिमसार दिवस : सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

ललितपुर। हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा […]

किसानलाई मल र सिँचाइ खोइ ?

ललितपुर। नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल र सिँचाइको सुविधा पाउन नसकेको बताए । समितिको बैठकमा उनले भने, “बर्सेनी बाली लगाउने मौसममा रासायनिक […]

किसानलाई आधुनिक कृषि उपकरण वितरण

उदयपुर। प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजनाअन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा ६० लाख रुपैयाँ बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजना एकाइले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताए । जिल्लाका […]

सहेँला फाँटमा सामूहिक कागती खेती

बलेवा। तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीहरुलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याई छ । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवामा फूल फुल्न थालेपछि किसानमा उत्साह बढेको छ । यसैवर्ष फल निस्कने आशामा रहेका किसानले आउँदो हिउँद याममा भने धेरै […]

नेपालमा फेरि बर्डफ्लू संक्रमण पुष्टि

ललितपुर। नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित […]

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

ललितपुर। बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल […]