
ललितपुर। आउँदो असार ३ र ४ गते बुटवलमा नेपाली चियाको प्रर्दशनी हुने भएको छ ।
नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील बिभिन्न संघरसंस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा प्रर्दशनी हुन लागेको हो ।
सिद्दार्थ कटेज, बुटवलमा हुने राष्ट्रिय प्रदशनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डका चियाको निशुल्क स्वाद लिन पाइने भएको आयोजकले जनाएको छ । प्रर्दशनीको ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मूल नारा राखिएको छ ।
नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सहि चियाको सहि रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उदेश्यले बृहत राष्ट्रिय चिया प्रदशनी तथा टि टेस्टीङग कार्यक्रम आयोजना गरिएको हो बोर्डले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदशनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदशन हुनेछ । कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने छ बोर्डको भनाई छ । नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।