समाचार

डेढ वर्षदेखि बिग्रिएको मल तह लागेन, बन्दरगाहको वातावरण नै प्रदूषित

ललितपुर। नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको सात हजार ५९१ मेट्रिक टन वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहमा समयमै उचित व्यवस्थापन हुन नसक्दा अझै अलमल्ल र बेवारिसे अवस्थामा छ । […]

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पुँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सिर्जना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम […]

तोरी खेतीमा कृषकको आकर्षण बढ्दो

चितवन। कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर […]

सुन्तला झर्नबाट रोक्न प्लास्टिकको बोरा प्रभावकारी

म्याग्दी। सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको सङ्क्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित व्यवस्थापन र खाद्य पासो थापेपछि यसपाली सुन्तला झर्ने […]

चितवन राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो

चितवन। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै […]

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

महोत्तरी। वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन् । यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग […]

सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह

पाल्पा। स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा सो […]

नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

ललितपुर। नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून […]

हुम्लामा खाद्यान्न अभाव : चार महिनापछि बल्ल ढुवानी

हुम्ला। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका […]

पर्वतमा पशुपन्छी प्रयोगशाला निर्माण सुरु

पर्वत। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको प्रांगणमा उक्त भवन निर्माण हुनेछ । पशुपन्छीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका […]