समाचार

खाँटी कृषकले पाउँदैनन् अनुदान, कागज मिलाउने मालामाल !

ललितपुर।  संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले […]

कृषकलाई सरकारको आह्वान, रासायनिक मल किफायत गरी प्रयोग गर्नु

ललितपुर।  सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको […]

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

कञ्चनपुर। उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु. २४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु. दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भन्नुभयो, “इन्टरनेटको […]

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

चितवन। नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले […]

प्रदेश नं २ मा धान उत्पादन घट्यो

जनकपुरधाम।  प्रदेश नं. २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.५१ मेट्रिक टनका दरले १३ लाख […]

आजको मौसमः सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

ललितपुर। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण आज बिहान प्रदेश १ र २ का एक, दुई स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना […]

भायनेटको साउन्डमा टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

ललितपुर। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो । प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्«याक गर्नुपर्ने छ । आवाज ट्र्या […]

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दी। म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । उनले भने, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष […]

किसान सूचीकरण गर्दै नगरपालिका

कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो । कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा […]

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

झापा। केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामासमेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती […]