लेख

कृषि तथा वन विश्व विद्यालयको गुणस्तर सुधारमा अवरोध र अवसरहरु

विश्वव्यापी खाद्य सुरक्षा, वातावरणीय सुधार एवं देशको विकासमा औपचारिक कृषि शिक्षा तथा कृषि ज्ञान प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण गर्दै ग्रामीण जनसमुदायको सामाजिक तथा आर्थिक स्तर उठाउन कृषि, वन, पशु विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रूपले अध्ययन, अध्यापन र अनुसन्धान […]

हाम्रो पहल : दिगो कृषी,पोषिलो आहार

संर्बेषा जीवनं कृषिम् अवलम्बते : अर्थात मनुष्यको जीवनमा कृषिको महत्व अपरिहार्य रहेको छ।अमरावती नगरको राजा कुबेर भन्दा पनि धनवान कृषकलाई मानिन्छ र उसको सर्वस्व हुन्छ कृषि र त्यहाँ प्रयोग हुने माटो । बोटबृक्ष को पातपतिङ्गर धर्तीमा समाई, पशुपंक्षीको शरीरको अंस त्यसमा मिलाई र आकाश बाट भएको वर्षाको स्तनपान गराई माटोलाई नयाँ जीवनदान दिन सकिन्छ र […]

खेती प्रणालीमा दलहन बालीको भूमिका

देशको कुल जनसङख्या मध्ये ६५% भन्दा माथि मानिसको संलग्नता भएको र कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको कृषिप्रधान देश नेपाल अझपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । खाद्यान्न बाली, दलहन, तेलहन, तरकारी, फलफूल आदि विभिन्न प्रकारका बाली खेती गरिने हाम्रो देशमा धान, गहँु, मकैलाई मुख्य बालीका रुपमा लिइन्छ भने दलहनलाई दोस्रो मुख्य […]

कृषकको अवतरण

वायु, हिमाल, पानी, वन जङ्गल, अन्नबाली, माटो ढुङ्गा आदिको समष्टि नै कृषि हो। भूमिगत जग्गामा  कोदालो चलाएर पेट भर्नुलाई नै निपूर्ण कृषि मान्नु, हाम्रो गलत बुझाइ हो। वनजङ्गलमा कुहिएका पतिङ्गर, माटो र ढुङ्गाको पोषण चुसेर, सूर्यको किरण अनि पवनको स्वच्छताबाट अन्न फल्दछ। यस्को तात्पर्य कृषि वास्तवमै विस्तृत छ, विशाल छ। जस्को आधार बलियो हुन, पर्यावरणको […]

सुन्तला जातका फलफूलहरु

सुन्तला जातका फलफूलहरु विश्वमै अत्यन्त महत्वपूर्ण फलफूलमा गणना हुन्छन् । सामान्यतः नेपालको मध्यपहाडी क्षेत्रको फलको रुपमा लिइने भए पनि प्रविधिको विकासको क्रमसँगै तराईदेखि उच्चपहाडी क्षेत्रसम्म सुन्तला जातका फलफूलहरुको खेती गर्न थालिएको पाइन्छ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ । । पौष्टिकता […]

धानको उत्पादन वृद्धि गर्न SRI पद्धतिलाई परिस्कृत गर्ने कि ?

देशमा भएका विभिन्न राजनितिक परिवर्तन सँगै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकोे समस्त कृषि क्षेत्रको बिकास नै देश बिकासको मुख्य आधार हो, भन्ने कुरालाई मनन गर्दै कृषि क्षेत्रमा उत्साहजनक कार्यक्रमहरु नआएका होईनन् तर कृषि क्षेत्रले सोचेजस्तो छलाङ मार्न भने सकेन । नेपालमा खेती गरिने विभिन्न खाद्यबाली ,तरकारी ,नगदेबाली लागाएत सम्पुर्ण कृषि जन्य उपजको उत्पादन अन्य देशको […]

स्थानीय बीउ संरक्षणमा कृषकको दायित्व

नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भन्ने कुरामा दुई मत छैन | हाल कोरोनाको महामारीले विश्व नै महामारीको चपेटामा छ | नेपालको सन्दर्भमा करिव ४ महिना लकडाउन गरेता पनि कोरोनको प्रकोप भने घटेको देखिदैन र यो लेख लेख्दा सम्म काठमाडौं उपत्यका लगायत देशका आधा भन्दा बढी जिल्लाहरुमा स्थानीय प्रशासनले गरेको […]

अहिलेको कृषिशिक्षा पद्दति र प्रवृतिले नेपालको कृषिलाइ अगाडी लैजान सक्दैन कि!

विगतदेखि हेर्ने हो भने नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपाय शिर्षकमा कति छलफल, गोष्ठी/सेमिनार भएहोलान । नेपालको कृषिलाई उघो लगाउने विभिन्न उपायसहित योजनाहरु पनि कार्यान्वयनमा आएकै हुन्, तर खोइ त यसको तात्विक परिवर्तनको अनिभुती ! कारण खोज्दै जाने हो भने यसको खास जरो कृषि शिक्षा दिने स्कूल/शिक्षालय वा बिश्वबिद्यालयमै पुग्दछ जस्तो लाग्दछ । होइन […]

रासायनिक मलको बिकल्पमा मानब पिसाब

नेपाल एक कृषि प्रधान देश हो र देशको कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको छ । देश बिकासको लागि कृषि क्रान्ति र यस क्षेत्रको बिकासको अपरिहार्य रहनेमा सबैको एकमत छ । कृषि क्षेत्रमा अनेक समस्या छन । तिनै मध्येको अहिलेको प्रमुख समस्या रासायनिक मलको अभाव हो । अहिलेको परिबेस हेर्ने हो भने […]

तारा फल ( Star fruit )

जसको बैज्ञानिक नाउँ Averrhoa carambola हो । यसलाई छोटकरीमा कहिँकतै carambola भनेर चिनिन्छ । यो ओग्जालिडेशी ( Oxalidaceae ) परिवारमा पर्दछ । यसलाई काटदाखेरी तारा जस्तो देखिने भएकाले Star fruit भनिएको हो । सामुन्द्रीक सतहदेखी ४००० मिटरसम्मको उचाइमा यसको  खेती गर्न सकिने तारा फल उत्पत्ति स्थल बारे यकिन गर्न नसकिए तापनि इन्डोनेसिया , फिलिपिन्स , […]