विगतदेखि हेर्ने हो भने नेपालको कृषि क्षेत्रका समस्या र समाधानका उपाय शिर्षकमा कति छलफल, गोष्ठी/सेमिनार भएहोलान । नेपालको कृषिलाई उघो लगाउने विभिन्न उपायसहित योजनाहरु पनि कार्यान्वयनमा आएकै हुन्, तर खोइ त यसको तात्विक परिवर्तनको अनिभुती ! कारण खोज्दै जाने हो भने यसको खास जरो कृषि शिक्षा दिने स्कूल/शिक्षालय वा बिश्वबिद्यालयमै पुग्दछ जस्तो लाग्दछ । होइन भने किन कृषिका योजना राम्रा बनेन ?  कृषिका योजना राम्रोसंग कार्यन्वयन भएनन् वा योजनाले प्रतिफल दिलाउन सकेनन, किसानले किन सरकारबाट कृषिमा राम्रो गरेको अनुभूति गर्न सकेनन ? नेपालको कृषिको उत्पादन देखि बजारसम्मको शृंखला किन परिपक्क हुन् सकेन, उत्पादकले किन बिक्रि पश्चात प्राप्त प्रतिफल उत्पादन लागत मा सन्तोष गर्न सकेन समग्रमा नेपाली कृषि ब्यबसायिक हुन किन सकेन ? कृषिप्रधान देशमा नेपालको कृषिले किन आफनै देशको माग धान्न सकेको छैन, नेपालको कृषिले स्वदेशको माग पुरागरी बैदेशिक निकाशी गरि बिदेसी रकम भित्राउन सकिने सम्भावना हुदाहुदै पनि किन कृषि रोजगारीकोको लागि कोरिया र खाडी मुलुकमा भेडा चराउन युवाहरु जानुपर्ने अवस्था छ त ! राजनैतिक नेतृत्त्व अर्थात् सरकारको दोष छैन त म भन्दिन तर यसमा सबैभन्दा जिम्मेवार त यस क्षेत्रमा कार्यरत कृषिबिज्ञ र कृषिकर्मी नै हुन् नि ! हामीले गरेका क्रियाकलापले किन नेपालको कृषिलाई सुधार गर्न सकेन त ? कृषिमा समयसापेक्ष आधुनिकीकरण गरि रोजगारी र आयआर्जन गर्नसक्ने उद्धममा परिवर्तन गर्न नसक्नुको पछाडी पक्कै पनि हाम्रो शिक्षा पद्दति र प्रवृति पो दोषी छ कि ?

हाम्रो देशमा कृषि शिक्षालाइ प्राबिधिक शिक्षाको दर्जामा राखिएको छ तर प्राबिधिक शिक्षा अध्यापनका कैयौं न्युनतम मापदण्ड पुरा नगरी प्रदान गरिने प्रमाणपत्रले कार्यक्षेत्रमा कस्तो उपलब्धि हाशिल होला ? स्कूल स्तर वा कलेज स्तरको अध्ययन गर्ने बेलामा बिधार्थिले राम्रोसंग सिक्न सकेन भने भोलिका दिनमा आफ्नो कार्यक्षेत्रमा कस्तो योगदान दिन सक्दछ ! राज्यको यस सन्दर्भमा भएको प्रवृतिमा मेरो धारणा के हो भने राज्यले शिक्षामा लगानी गर्नुपर्दछ र यसको प्रतिफल भोलिका दिनमा अनेकौ अप्रतक्ष्य माध्यमबाट राज्यलाई प्राप्त हुन्छ शिक्षणसंस्थाले अध्यापनको बेलामा चाहिने आवस्यक भौतिक संरचना, दक्ष शिक्षक र प्राध्यापक र प्रयोगात्मक ल्याब तथा सामग्रीको प्रबन्ध गर्नु पर्दछ । यसको लागि सरकारी स्कूल,शिक्षायालय,बिश्वबिद्यालय र कलेज मात्रनै अध्यापन गराउने स्थान नभएर निजि स्तरमा खुलेका शैक्षिक संस्थाहरुमा पनि राज्यले छात्रवृति र अनुदान उपलब्ध गराई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने वाताबरण सिर्जना गर्नुपर्दछ ।

हाम्रो शिक्षाप्रणालीमा सुधार गर्नुपर्ने के छ भने प्राबिधिक शिक्षाको शिक्षण सिकाइमा पनि अन्य बिषय जस्तै सैदान्तिक ज्ञान मात्र प्रदान गर्ने पद्दतिलाइ परिवर्तन गर्नुपर्दछ । ब्यबहारिक ज्ञानको लागि ल्याब तथा फिल्ड अनुभव प्रदान गर्ने वातावरण तयार गर्नु पर्दछ । हाम्रा कयौं शिक्षण संस्थाका पाठ्यक्रममा रहेका बिस्यबस्तु समय सापेक्ष देखिदैननउिदाहरणको लागि स्कूल लेभेल र जेटिए लेभेल मा कृषि यान्त्रिकरण बिषय राखियको छ भने तिनबर्षे कृषि प्राबिधिकको पाठ्यक्रममा राखिएको छैन, कलेजस्तरमा ४ बर्षे कृषिकार्यक्रममा फार्मपावर मेशिनरी र इरिगेसन दुइवटा बिषय समाबेश त गरिएको छ तर पर्याप्त क्रेडिट दिएको छैन । अहिलेको समसामयिक कृषि यान्त्रिकरण वा आधुनिक्कीकरण को समयमा यी बिषयलाइ प्राथमिकतामा राखेर अध्यापन गराउनु पर्नेथियो । तिन बर्षे कार्यक्रम मा यी इन्जिनियरिंग बिषय किन छुट्यो त भुलबस छुटेको भयपनी अहिले सम्म किनसमाबेश गरिएन, समावेश गर्ने तर्फ तत्काल ध्यान जान जारी देखिन्छ । शिक्षक र प्राध्यापकले पनि कितावको सैदान्तिक ज्ञान घोकाउने मात्र नगरेर ब्यबहारमा आउने समस्या प्रति केन्द्रित गरि शिक्षण सिकाई गरेमा बिधार्थी भोलि फिल्डमा कामगर्दा सजिलोसंग किसानका समस्या बुझ्न सक्ने र उसको कार्य सम्पादन राम्रो हुनसक्छ होइन भने मात्र प्रमाणपत्रधारी प्राबिधिकले फिल्डमा गएर सिकेर काम गर्दा सोचेको प्रतिफल पाउन गार्हो हुन्छ ।

अर्को प्राबिधिक शिक्षा भनेको जति आफै प्रतक्ष्य सहभागी भएर ब्वाहावरिक ज्ञान हाशिल गरिन्छ त्यो त्यतिनै दिगो र कौशलता प्राप्त हुन्छ उदाहरणको लागि कुनै तरकारीको बिउ कस्तो रंगको हुन्छ, कति दिनमा उम्रन्छ, कस्तो ब्याड चाहिन्छ, कस्तो फुलफुल्छ, कति अग्लो हुन्छ, के के रोगकिरा लाग्छ भन्ने कुरा कितावको कुरा पढेर कण्ठ गरेर परिक्षा दिएको बिधार्थी र प्रतक्ष्य आफै तरकारी छार्नेदेखी उत्पादन टिप्ने सम्म ब्यबहारिक हेर्न र गर्न पाएको बिधार्थीको ज्ञान कयौं गुणा उच्च कोटीको हुन्छ । यस सन्धर्भमा सबै बिषयमा ब्यबयाबहरिक तरिकाले सिकाउन समय र सुबिधाको हिसावले असम्भव हुन्छ भन्ने अभिमत नि हुन सक्छ । भनिन्छ छ बिधार्थीको पहिलो पाठशाला घर हो । हो घरबाट बिधार्थिले धेरै कुरा सिकेको हुन्छ । मेरो कुरा गर्ने हो भने १५ बर्षको उमेर सम्म घरमै बसेर स्कूल पढ्दा घरको काम देखि खेतिवालिको सम्पूर्ण कामहरु गर्न मैले सिके जुन मेरो स्कुलले होइन घरले सिकायो । विभिन्न खेतीपाती देखि पशुको बारेमा ज्ञान प्रतक्ष्य अनुभव गरेर लिएको ज्ञान सदा दिमागमा रहने र कृषि का अन्य योजना निर्माण देखि कार्यन्वयनमा काम लाग्ने गर्दछ । भनेपछि कंक्रिटको महलमा हुर्केको , कहिल्यै खेतीपाती नगरेको बिधार्थी ले भन्दा किसानको छोराछोरीले कृषि शिक्षा हाशिल गर्दा बढी दक्षतापूर्वक हाशिल गर्न सक्दछन ।बिश्वबिद्यालयका कलेजमा १२ कक्षा पास गरेका विधार्थीलाई ४ बर्ष सैदान्तिंक ज्ञान मात्र प्रदान गरेर कार्यक्षेत्रमा पठाउने प्रवृति जुन छ यसले किसानका समस्या समाधान हुदैन किनकि किसान अघि अघि कृषि प्राबिधिक पछि पछी को अवस्था सिर्जना हुन्छ र भैरहेको पनि तेही हो ।

निस्कर्षमा , सरोकारवाला सबैले एकपटक पाठ्यक्रममा समय सापेक्ष परिमार्जन , शिक्षण पदद्तिमा पुनर्विचार गरि अघि बढ्नुपर्ने देखिन्छ ।शैक्षिक संस्था नाफा कमाउने सस्थामा परिणत हुदा किसानका छोराछोरीले (सम्भावित दक्ष कृषि प्राबिधिक) आर्थिक अभावमा कृषि शिक्षा प्राप्त गर्न नसक्ने अवस्था लाइ तुरुन्त अन्त्य गर्न जरुरि छ पिानीको मूल सफा गरे धाराको पानी सफा हुन्छ, जग बलियो भए घर बलियो हुन्छ भने झैँ कृषि शिक्षाको जग नै मजबुत पारेपछि हाम्रो कृषिमा परिवर्तन को सम्भावना अझ मजबुत हुनेछ ।

ई. गंगा राम भण्डारी
बैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्