किसान

वैदेशिक रोजगारी त्यागी प्राङ्गारिक तरकारी खेतीमा

परासी। पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा […]

व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

राजविराज । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर […]

लकडाउन प्रभाव : बोटमै कुहियो भुइँकटहर

झापा। कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, […]

किसानलाई गहुँ भित्र्याउने चिन्ता

कैलाली। कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण तीन खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ । कैलालीको दक्षिणपूर्वी क्षेत्र […]

कोरोना युरोपमा : प्रभाव सागसब्जी फलाउने किसानमा

भक्तपुर। विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ । कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो सागसब्जी सस्तो मूल्यमा बेच्न परेको गुनासो गरिरहेका छन् । यहाँका किसान सरोज महर्जन भन्छन्, ‘कोरोनाको सन्त्रासले […]

सयपत्रीमा रमाउँदै थापा दाजुभाइ

पाल्पा। व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् । शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई […]

अमेरिका छोडेर गाईपालन, गोठमै आउँछन् दूध किन्ने ग्राहक

बाग्लुङ। सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् […]

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ। वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक- एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिनुभयो । “अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती […]

‘घाँसी बाजे’ को यो बर्ष, २५ लाखको घाँस बिक्री गर्ने लक्ष्य

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित हुनुहुन्छ । ७० वर्ष उमेर पूरा भइसक्नुभएका उहाँले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाउनुभएको छ । उहाँलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उहाँलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् ।खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ । खनालले यो […]

विषादीरहित तरकारीखेती : उत्पादन कम आत्मसन्तुष्टि धेरै

बनियानी। “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्नुहुन्छ । बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उहाँ विषादीरहित तरकारी खेती लाग्नुभएको हो । आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उहाँले भन्नुभयो, “हेर्नुस् त, बोट कस्तो छ ?” […]