अर्थ/बजार

तरकारी व्यवसायीलाई ९ गते देखि कार्बाही

ललितपुर। कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको म्याद आइतबार सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक हप्ताको म्याद दिएर उनीहरुलाई कारबाही गर्ने भनेपनि व्यापारी पत्र बुझ्न नआएपछि कारबाही प्रक्रिया लम्विएको हो । आइतबार कारबाहीका लागि म्याद सकिएको भएपनि कालिमाटी फलफूल तथा तरकारी […]

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्

काठमाडौं। राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर […]

मापदण्ड नभएको डेरीलाई कारबाही शुरु

काठमाडौं। मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गरिएको थियो । परिक्षणको क्रममा १७ नमूनामा चिल्लो […]

आज सातै प्रदेशले बजेट ल्याउँदै,कृषि र पर्यटन प्राथमिकता

ललितपुर। देशका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि आज बजेट सार्वजनिक गर्दै छन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन्। असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो। केन्द्र सरकाले यही […]

उपभोग्य वस्तुको मूल्यसूची अनिवार्य राख्न खुद्रा व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको भन्दै मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको जानकारी दिए। ुव्यापारीले मूल्यसूचीका साथै बिल बिजक जारी […]

मूल्यवृद्धिले उपभोक्ता मारमा

काठमाडौं। बजेट भाषणको दुई साता बित्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको भाउ मनपरी ढंगले ह्वात्तै बढाएका छन् । सरकारले बजेट भाषणमा करको दायरा बढाएको बहाना देखाउँदै व्यापारीले बेलगाम ढंगले दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् । वैज्ञानिक आधार र कारण नै नभइ मनलाग्दी ढंगले दैनिक उपभोग्य सामग्रीमा भाउ बढाएपछि उपभोक्ता भने मारमा परेका छन् । […]

प्रशोधन दूध उद्योगका ४२ ब्रान्डमध्ये ४० मा सोडा

काठमाडौं। उपत्यकाभित्र उपभोग हुने गरेको अधिकांश दूधमा मिसावट रहेको पाइएको छ । सरकारी अनुगमनको क्रममा उपत्यकाभित्र उपभोग हुँदै आएको दूधमध्ये ९५ प्रतिशतमा मिसावट भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको दूधको कुल ४२ वटा नमुना परीक्षण गरेको र त्यसमा ४० वटा नमुनामा कैफियत रहेको पाइएको हो । यो […]

साउनेवासीको आम्दानीको मुख्य स्रोत केरा

उदयपुर। त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ । व्यावसायिक रुपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पँैतीस घरपरिवारको बसोबास रहेको छ । “हाम्रो आयआर्जनको मूल स्रोत नै केरा खेती हो,” स्थानीयवासी मोहन केपीछाकी मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भिरालो पाखोबारी […]

रोल्पामा उत्पादित अल्लो अमेरिका निर्यात

रोल्पा। रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताए । उद्योगबाट झोला, सल, पटुकालगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, पर्स तथा कोटजस्ता बाह्य […]

बारेकोटमा भेटियो नून खानी

जाजरकोट। जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । […]