अर्थ/बजार

जनप्रतिनिधिलाई अनिवार्य अल्लोको कोट

रोल्पा। केही वर्षअघिसम्म स्थानीय मेला महोत्सव र कोसेली घरहरुमा मात्र थोरै बिक्रि हुने रोल्पामा उत्पादित अल्लो कपडाको माग अहिले ह्वात्तै बढेको छ । स्थानीय सरकारसँगै प्रदेश सरकारले पनि अल्लोबाट बनेको कोटलाई प्राथमिकता दिएपछि अहिले अल्लो उद्यमीहरुलाई कपडा उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । रोल्पा नगरपालिकाले गएको वर्ष सबै नगर कार्यपालिकाका सदस्यहरुलाई अनिवार्य रुपमा अल्लोबाट बनेको […]

३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको गरिदैं

पोखरा। गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग […]

अन्नपूर्ण सुगर मिल्सका संचालक अग्रवाल पक्राउ

काठमाडौं। नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । पीडितहरुले गृहमन्त्रालयमा व्यापारीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएपछि काठमाडौं परिसरले उनलाई पक्राउ गरेको हो । परिसरका एक अधिकारीका अनुसार पक्राउ परेका अग्रवाललाई सम्बन्धित जिल्लामा […]

आलुको मूल्य दोब्बर वृद्धि

ललितपुर। भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ । त्यहाँबाट राजधानीका साना–ठूला बजार र पसलमा लगेर बिक्री हुने आलु प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ । चार महिनाको अवधिमा आलुको मूल्य दोब्बर वृद्धि भएको हो । चालू आव ०७५/७६ को […]

भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही गर्न पत्राचार

काठमाडौं। उखु किसानको अझै पनि १ अर्ब रकम बक्यौता रहेपछि उखु किसानलाई त्यस्तो रकम भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही प्रक्रिया अघि बढेको छ । त्यस्ता मिललाई कारबाही गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले विवरणसहित गृह मन्त्रालयलाई आइतबार पत्र पठाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । गत मंगलबार मन्त्रालयले चिनी मलिकसँग मागेको विवरणको […]

तिहारमा मात्रै दश करोड रुपैया बराबरको फूलको माला

ललितपुर। गतबर्षहरु झै यस बर्षपनि तिहारमा मालाको राम्रो व्यपार हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । फ्लोरिकल्चर एशोसिएसन, ललितपुरले तयार पारेको तथ्याङ्क अनुसार यस बर्ष फूलको मालाको व्यापार लगभग १० करोड बराबरको हुनेछ । यसमध्ये तिहारको लागि सवैभन्दा बढि  सयपत्री तथा मखमली फूलको कारोबार हुने जनाईएको छ । एशोसिएसनका वरिष्ट उपाध्यक्ष मिन बहादुर तामाङका अनुसार […]

साल्ट ट्रेडिङले बन्द गर्‍यो चिनीको विक्री

लहान। साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको विक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको विक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र […]

दशैंमा ५४ करोडको तरकारी किनबेच

धरान। कोशी पहाडी जिल्लामा उत्पादित कृषिजन्य उत्पादनको मुख्य व्यापारिक केन्द्र धरानको कृषि उपज बजारस्थलमा यो वर्षको दशैं अवधिभर करीब ५४ करोडको कारोबार भएको छ । बजारको तथ्याङ्कअनुसार दशैं अवधिभर अघिल्लो वर्षको दशैंभन्दा १५ प्रतिशतले कारोबार वृद्धि भएको छ । खसी बोका ४ हजारओटा खरीद विक्री हुँदा ४ करोड रुपैयाँको कारोबार भएको छ भने हरियो तरकारी […]

चिनी उद्योगीसँग विवरण माग

ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चिनी उद्योगीसँग उखु किसानलाई दिनुपर्ने बाँकी भुक्तानी गरे-नगरेको विवरण माग गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उद्योगीलाई छिटो भुक्तानी विवरण उपलब्ध गराउन पत्रचार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । चिनी उद्योगीले उखु किसानलाई लामो समयदेखि रकम भुक्तानी नगरेपछि उखु कृषकले गत असोजमा […]

मकवानपुरमा फूलको व्यवसायिक उत्पादन

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन […]