अर्थ/बजार

उखुको बिउ पनि भारतबाटै आयात गर्नुपर्ने बाध्यता !

ललितपुर। नेपालमा उखुको विउ उत्पादन नहुने भएका कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । अहिले चिनी उद्योगले नै विउ आयात गरेर किसानलाई वितरण गर्न थालेका छन् । उखुको विउमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ । नेपालमा बर्षेनी ठूलो परिमाणमा उखुको विउ भारतीय बजारबाट आयात हुँदै आएको छ । मुलुकमा उखुको विउ उत्पादन गर्ने निकाय […]

प्रणय दिवसका लागि २ लाखवटा गुलाफ बजारमा, डेढ करोड मुल्यको गुलाफ आयात

ललितपुर। यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ५० हजार वटा गुलाफ आयात गरिएको छ। गएको वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गएको बर्ष १ लाख २५ हजार वटा आयात गरीएकोमा यसपाली थप २५ हजार वटा फूल आयात गरिएको फ्लोरिकल्चर […]

दानाको मूल्य बढ्यो अण्डाको घट्यो

चितवन। कुखुराको दानाको मूल्य निरन्तर उकालो लाग्दै गर्दा अण्डाको मूल्य भने दिन प्रतिदिन घट्न थालेको छ । विगत तीन महिनाको अवधिमा दानाको मूल्य तीनपटक बढेर प्रति ५० केजी ३५० रुपियाँ पुगेको छ । अण्डाको मूल्य झरेर प्रतिक्रेट (३० वटा अण्डा) २३५ रुपियाँभन्दा कममा बिक्री भइरहेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले दिएको जानकारीअनुसार दाना उद्योग […]

कसरी पाउने बेरोजगार भत्ता ?

ललितपुर। सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । ‘सबैका लागि रोजगार : संवैधानिक अधिकार’ नारा दिइएको यो कार्यक्रम श्रमिक लक्षित छ । कार्यक्रमअनुसार सरकारले बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गर्नेछ । ‘प्रधानमन्त्री […]

दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान

भरतपुर। माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ। नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन अनुदान दिन थालेको छ। अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ। उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले […]

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा

जाजरकोट। यहाँको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह […]

तिहारलाई भारतबाट ल्याएको १३ करोडको चिनी बन्दरगाहमै थन्कियो

वीरगञ्ज। साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको झण्डै १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेटि्रक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिमाणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन ।  हिन्दूको […]

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक, कार्यान्वयन गर्दैनन् राष्ट्र बैंक निर्देशन

ललितपुर। नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ । लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका […]

नूनको विक्री मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिँदै

वीरगञ्ज। सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले विक्री गर्ने आयोडिनयुक्त नूनको विक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ ओटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा विक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रू. २० सम्ममा विक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रू. […]

‘ट्रान्जिट परमिट’ले जडीबुटी निर्यात खस्कियो

बाँके। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगन्ज नाकाबाट ३७ करोड मूल्यबराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रूपमा नेपालगन्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट ३७ करोड २३ लाख मूल्यबराबरका ६ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यहाँबाट निकासी […]