अर्थ/बजार

किसानद्वारा दूधको भाउ बढाउन माग

लमही। स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए । ‘अहिले गाई तथा भैंसीको दूध प्रतिलिटर रू. ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रू. ४५ सम्म पर्छ’, उनले […]

सरकारद्धारा कृषिमा ढुक्कका साथ लगानी गर्न आह्वान

काठाडौं। अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकी मूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकारले दातृ निकाय,उद्योगी व्यवसायी तथा विभिन्न […]

नेपाल र जापानबीच श्रम सम्झौता, कृषि क्षेत्रमा पनि कामदार लिने

ललितपुर। नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे। अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने […]

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक

ललितपुर।नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ । लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक […]

अलैँचीको भाउ आठ वर्षयताकै न्यून

पाँचथर। पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् । यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा शुक्रबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको […]

कृषिमा विदेशी लगानी निषेध

ललितपुर। संसदीय समितिले साना तथा घरेलु उद्योग र कृषिमा विदेशी लगानी भित्र्याउन नपाउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक २०७५ पास गरेको छ । सरकारले १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गरी यो विधेयक ल्याएको थियो । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार संशोधनसहित विधेयक पास […]

काठमाडौंमा कालिमाटी पछिको ठूलो तरकारी बजार निर्माण हुँदैं

काठमाडौं। कृषि मन्त्रालय मातहतको कृषि पुर्वाधार तथा कृषि यांत्रिकीकरण प्रवद्र्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा काठमाडौंको तार्केश्वरमा तरकारी बजार निर्माण हुने भएको छ । बजारको शुकवार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शिलान्यास गर्नुभयो । काठमाडौंको जनसंख्या १० लाख हुँदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुँदा पनि त्यसैलाई केन्द्रीय […]

१ सय ५१ थरीको चियाको स्वाद अव एकै ठाउँमा

ललितपुर। अब मुलुकभर उत्पादित १५१ प्रकारका चिया एउटै छानामुनि पाइने भएको छ । हिमालयन आमा टी (एग्रो प्रोडक्ट) संचालनमा आएसंगै १५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने भएको हो। हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्देश्यले एग्रो प्रोडक्ट संचालनमा ल्याएको जानकारी दिनुभयो। राजधानीको बौद्धमा सञ्चालनमा आएको ‘हिमालयन आमा टी’ का संचालक […]

कृषि क्षेत्रमा बैदेशीक लगानी भित्राउन सरकार सकारात्मक

ललितपुर। अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशीक लागानी भित्राउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को १८ औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि सहकारी मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानहरुको आयस्तर माथी उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा […]

रोल्पाको तरकारीले पाएन बजार

रोल्पा। व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा […]