अर्थ/बजार

अलैँचीको भाउ आठ वर्षयताकै न्यून

पाँचथर। पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै कममा पुगेको छ । कुनै समय प्रतिमन (४० केजी)को एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् । यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा शुक्रबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको […]

कृषिमा विदेशी लगानी निषेध

ललितपुर। संसदीय समितिले साना तथा घरेलु उद्योग र कृषिमा विदेशी लगानी भित्र्याउन नपाउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक २०७५ पास गरेको छ । सरकारले १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गरी यो विधेयक ल्याएको थियो । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार संशोधनसहित विधेयक पास […]

काठमाडौंमा कालिमाटी पछिको ठूलो तरकारी बजार निर्माण हुँदैं

काठमाडौं। कृषि मन्त्रालय मातहतको कृषि पुर्वाधार तथा कृषि यांत्रिकीकरण प्रवद्र्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा काठमाडौंको तार्केश्वरमा तरकारी बजार निर्माण हुने भएको छ । बजारको शुकवार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शिलान्यास गर्नुभयो । काठमाडौंको जनसंख्या १० लाख हुँदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुँदा पनि त्यसैलाई केन्द्रीय […]

१ सय ५१ थरीको चियाको स्वाद अव एकै ठाउँमा

ललितपुर। अब मुलुकभर उत्पादित १५१ प्रकारका चिया एउटै छानामुनि पाइने भएको छ । हिमालयन आमा टी (एग्रो प्रोडक्ट) संचालनमा आएसंगै १५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने भएको हो। हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्देश्यले एग्रो प्रोडक्ट संचालनमा ल्याएको जानकारी दिनुभयो। राजधानीको बौद्धमा सञ्चालनमा आएको ‘हिमालयन आमा टी’ का संचालक […]

कृषि क्षेत्रमा बैदेशीक लगानी भित्राउन सरकार सकारात्मक

ललितपुर। अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशीक लागानी भित्राउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को १८ औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि सहकारी मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानहरुको आयस्तर माथी उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा […]

रोल्पाको तरकारीले पाएन बजार

रोल्पा। व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा […]

अलैँचीको मूल्यमा निरन्तर ह्रास

फिदिम। अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन ९४० किलो० रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने […]

जडीबुटी युरोप र अमेरिका निर्यात

राँझा। कच्चा पदार्थका रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी […]

अमेरिका पठाइयो लप्सीका परिकार

पर्वत। लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन […]

अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

गाईघाट। कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो ५०० रूपैयाँ भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् । उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, […]