अर्थ/बजार

के तपाई वैदेशिक रोजगारीबाट फर्किनु भएको हो ? सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुहोस्

ललितपुर। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले वैदेशिक रोजगारीबाट फर्केका […]

बीमा गर्दैनन् केरा किसान

लम्की। बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताएका छन् । “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको […]

तरकारी खेतीको बीमा गर्दा के छन् फाईदा ?

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहेको पाईन्छ। कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त ? कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु […]

१५ हजारजनाले पाए सहुलियतपूर्ण कर्जा, सन्तोषजनक भएन : राष्ट्र बैंक

ललितपुर। हालसम्म करिब १५ हजारजनाले सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार विभिन्न सातओटा क्षेत्रमा १४ हजार ९२३ जनाले विभिन्न वाणिज्य बैंकहरुबाट २५ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेका हुन् । राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिन वाणिज्य बैंकहरुलाई […]

आकाशियो तरकारीको मूल्य, गोलभेडाकै प्रतिकिलो २ सय

डोटी। मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो । तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, “आवश्यकताअनुसार तरकारी उत्पादन हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि […]

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा […]

एक लाखलाई रोजगारी दिने सरकारको योजना, कति पाउँछन् तलब ?

ललितपुर। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले […]

अण्डाको मूल्य बढ्दा कृषकलाई राहत, नयाँ मूल्य निर्धारण

भरतपुर। अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा विक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक संघको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । संघका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रू. १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २०० […]

आकाशियो तरकारीको मूल्य

ललितपुर। काठमाडौंमा तरकारीको मूल्य दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य आकाशिदै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ। गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर […]

नेपाली चिनी बिक्रि भएन

नवलपरासी। नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी […]