सालको पातले धानेको जीवन

जानकी। केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी खुटेर बेच्नका लागि हरेक बिहान ५ बजे नै उक्त चोकमा भेटिन्छिन् । उमेरले भर्खरै ३० लागेका केवटलाई सालको पातबाट दुनाटपरी, बोहोता जस्ता सबै प्रकारका सामान बनाउन आउँछ […]

फलफूल व्यवसायी समस्यामा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार वर्षाको पानीले डुबानमा पर्दा फलफूल व्यवसायीको विजोग भएको छ । वर्षाको पानीको उचित निकास नहुँदा दुई महिनादेखि बजार क्षेत्र डुबानमा परेको छ । पसलसम्म वर्षाको पानी भरिएपछि व्यवसायी मर्कामा परेका हुन् । खोका छाप्रा राखेर दुई दशकदेखि कलुवापुर बजार छेउमा फलफूल बेच्दै आएका नारद जोशी व्यापार नहुँदा निकै निरास […]

फल दिने बेला अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ। २०७६ सालदेखि​ व्यावसायिक अलैँची खेती गर्दै आएका ताराखोला गाउँपालिका–२ अर्गलका कृषक अहिले निराश छन्। फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्। चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरूपमा अलैँची खेती गर्न थालेका हुन्। असार महिनादेखि अलैँची […]

अनुदानको मल महंगोमा बिक्री

गण्डकी। सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतवार अनुुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखरा महानगरका […]

लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

गलकोट। बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएका पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग छन् । “बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो”, पुनले […]

स्याउखेतीतर्फ आकर्षित

मनाङ। हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका छन् । परम्परागत स्याउ […]

कागतीले बजार नपाउँदा कृषक निराश

तनहुँ। तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागती खेती सुरु गरेका देवघाट गाउँपालिका-२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । विदेशबाट फर्किएर कागती खेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने […]

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

झापा। पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउछन् । तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । “विसं २०६७ मै एक सय ५० झ्याङ रापेर […]

गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्छन् । उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउछन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् । आफूले थाहा पाउने समयमा गाउँमै […]

सामुदायिक ‘होमस्टे’मा जीन बैंक

जानकी। आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन […]