संस्कृति र पहिचान झल्कने घर नासिँदै

मन्थली। झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो । कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रङ्ग्याइएका हुन्थे […]

म्याग्दीमा उत्पादित आलुले बजार पाएन

गलेश्वर। म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा […]

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

झापा। झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित […]

किटिनीमा चिया खेती

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । “बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,” उनले भने, “बाँझो […]

गण्डकीमा दूध, मासु र अण्डा उत्पादन घट्यो

गण्डकी। गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब […]

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

पर्सा। नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो । नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० को अन्तर […]

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे

कर्णाली। लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया […]

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

तनहुँ। तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल […]

लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

गण्डकी। गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि […]

वर्षाले राहत

महोत्तरी। लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलफुलका बोटबिरुवा, तरकारी, उखु, […]