कृषि उपज बजार ऐन चाँडै ल्याउन माग

काठमाडौँ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले कृषि उपज बजार ऐन चाँडै ल्याउन माग गरेको छ ।महासङ्घले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले कृषि उपज बजार सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कानुन अभावका कारणले बजार व्यवस्थापन गर्न समस्या परेकाले ऐन चाँडै ल्याउनुपर्ने माग गर्नुभयो ।“ऐन नहुँदा देशभरका बजार सञ्चालनमा समस्या परेको छ”, उहाँले […]

दाङमा वार्षिक ३ हजार २ सय ७६ मेट्रिकटन माछा आयात

दाङ । दाङमा वार्षिक ३ हजार २ सय ७६ मेट्रिकटन माछा जिल्ला वाहिरबाट आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । अहिलेको बजार भाउअनुसार यो झण्डै रू. ६५ करोड ५२ लाख मुल्य बराबरको हो । अहिले जिल्लामा एक सय ७५ हेक्टर क्षेत्रफलमा व्यवसायिक माछापालन भइरहेको र त्यसबाट वार्षिक ६ सय ६१ मेट्रिक […]

“युवा लक्षित कार्यक्रमलाई थप आर्कषण गर्ने लक्ष्य राखेका छौं”

डा. रामकुमार कार्की प्रमुख जिल्ला पशुसेवा कार्यालय , चितवन गतवर्ष चितवनको पशुपालन क्षेत्रमा के कति अनुदान वितरण गर्नुभयो र अनुदानको प्रभावकारिता कस्तो रह्यो ? हामीले युवा लक्षित कार्यक्रम अन्तर्गत २०७३/२०७३ मा ३३ लाख अनुदान बितरण गरेका छौं ।जसमा ३० भन्दा बढी गाई पाल्ने ठुला उत्कृष्ट गाइपालक कृषकहरुलाइ ४ लाख, मझौला २० देखि २९ सम्म पाल्ने […]

प्याजको चिया पिउनुहोस् छिट्टो तौल घटाउनुहोस्

तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ । यसले शरीरमा रगतलाई जम्न दिँदैन […]

पशुमा कृत्रिम गर्भाधान वृद्धि न्यून

काठमाडौं। नेपालमा गएको वर्ष पशुमा कृत्रिम गर्भाधान गराउनेको संख्यामा न्यून वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/७२ मा मुलुकभर ४ लाख ८७ हजार ९ सय १० पशुमा कृत्रिम गर्भाधान गराइएकोमा गत वर्ष ४ लाख ९३ हजार ५० वटा गाई–भैंसीलगायत पशुमा कृत्रिम गर्भाधान गराइएको हो । गएको वर्ष अघोषित नाकाबन्दीलगायत मुलुकको असहज परिस्थितिले लक्ष्यअनुसार कृत्रिम गर्भाधान […]

रोग कीरा व्यवस्थापनका लागि वानस्पतिक पदार्थहरूको प्रयोग

लोकनाथ अर्याल प्राविधिक अधिकृत बागवानी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद् परिचय : हाम्रो देश जैविक विविधतामा धनी मुलुक हो । यहाँ विभिन्न प्रकारका वनस्पतिहरू सजिलै उपलब्ध छन् । बोटबिरुवाका विभिन्न भागहरू आदि अनादि कालदेखि नै शक्ति वर्धक पदार्थका साथै मानिसको रोग उपचारमा प्रयोग हुँदै आएको कुरा हाम्रा पौराणिक लेख तथा धार्मिक ग्रन्थहरूबाट थाहा पाइन्छ […]

नवलपरासीका पशुपालक किसानहरु साइलेजको प्रयोग बढाउदै

कावासोती । नवलपरासीका ब्यबसायिक पशुपालक किसानहरुले साइलेजको प्रयोग गर्न थालेका छन् । घाँस बढी भएको समयमा घाँसलाई सिन्की(साईलेज) बनाएर हिउँदमा त्यसको प्रयोग गर्न थालेका छन् । जिल्ला पशु सेवा कार्यालयले मातहतका सेवा केन्द्र मार्फत साइलेज बनाउने तालिम सञ्चालन गरेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । मेशिनद्वारा काटिएको हरियो घाँसलाई गुन्दु्रक बनाइ पशुका लागि तयार पारिइएको […]

अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । कृषि विकास मन्त्रालयले अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा.प्रधुम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका […]

घरमै बसी–बसी किसानका समस्या समाधान

मोरङ। मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन थालेपछि कृषि कार्यालय धाउने झन्झटबाट मुक्त भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुुख राजेन्द्र उप्रेतीका अनुसार कृषकले कृषिसम्बन्धी भोेग्नुु […]

खुल्ला सीमा नाकाका कारण अलैँचीमा मिसावटको समस्या

इलाम। नेपाल–भारत खुल्ला सीमा नाकाका कारण गुणस्तरीय नेपाली अलैँचीमा कम गुणस्तरको अलैँची मिसाइँदा समस्या हुन थालेको छ । भारतीय बजार हुँदै नेपाल भित्रिएको कम गुणस्तरको अलैँची मिसावटका कारण नेपाली अलैँची बजार समस्यामा पर्न थालेको हो । नेपाल–भारत खुल्ला सीमा नाका हुँदै नेपाली बजारमा भित्रिने कम गुणस्तरको अलैँची केही व्यापारीले नेपाली अलैँचीमा मिसावट गरी बेच्ने गरेका […]