टिमुर खेति कसरि गर्ने ?

टिमुर २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३ वटा पत्रकहरू भएको हुन्छ । पत्रकहरूविपरीत, भेट्नु नभएको, अण्डाकार, किनारा महिसो करौती जस्तो वा सीधा, टुप्पा तिखो, माथिल्लो सतह गाढा हरियो र तल्लो सतह फिका हरियो रङ्गको र ग्रन्थियुक्त हुन्छ । […]

दूध बेचेर मासिक नौ लाख

पोखरा। मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका बनेका  कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ । तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेका गुरुङको  दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले गुरुङको गोठमा ३०० वटा उन्नतजातका भैंसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन […]

नेपाल कृषि अनुसन्धान परिसदमा तालावन्दी

ललितपुर। माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल संघ संस्था तथा बैँक वित्तिय श्रमिक संघ कृषि मुल इकाई समितिले सात बुँदे माग राखि नेपाल कृषि अनुसन्धान परिसदमा तालावन्दी गरेका छन् । अहिले पाउँदै आएको रु. ३५० ज्याला जिल्लाको परिवर्तित ज्याला रु. ४८० अनुशार पाउनुपर्ने र कृषि मजदुरलाई आन्तरिक प्रतिस्पर्धाद्धरा स्थायी गराउनुपर्ने लगाएतका मागहरु रहेको आन्दोलनमा संलग्न […]

देशभर नब्बे प्रतिशत रोपाइँ

काठमाडौँ। देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ । पश्चिमको तुलनामा पूर्वमा कम रोपाइँ भएको छ । पूर्वाञ्चलमा ८१.०२, मध्यमाञ्चलमा ८५.८५, पश्चिमाञ्चलमा ९६.७१, मध्यपश्चिमाञ्चलमा ९७.२९ र सुदुरपश्चिमाञ्चलमा ९९.८८ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा धेरै सूदुरपश्चिमाञ्चलको […]

कृषि मन्त्रीमा गौरीशंकर चौधरी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारमा कैलाली क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि विकास मन्त्रीका रुपमा कृषि विकास मन्त्रालयले पाएको छ । किसान सञ्जालको कमिटीमा आवद्ध भइ लामो समयदेखि बामपन्थी आन्दोलनमा सक्रिय भएका मन्त्री चौधरी माओवादीले शुरु गरेको जनयुद्धदेखि नै सक्रिय भएको बताइएको छ ।

गाईभैँसीको कृत्रिम गर्भाधान

भक्तपर। गाईभैँसीमा नश्ल सुधार हुने र दूध बढी दिने भएपछि जिल्लाका किसान गाईभैँसीको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् । गाई र भैँसीलाई गर्भाधान गर्न उन्नत जातको बहर र राँगो नपाउने भएका कारण समेत किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक उमेशलाल प्रधानका अनुसार गत आवमा ८ हजार २६५ वटा गाई र […]

हावाहुरीबाट मकै बालीमा क्षति

भोजपुर। दक्षिणी रानीबाससहित आसपासका गाविसमा पानीसँगै आएको हावाहुरीले लाखौँको मकैबाली लडाएर नष्ट गरेको छ । सोमबार साँझदेखि आजसम्म लगातार आएको हावाहुरीले रानीवास ४, ५, ६, ७ र ९ नं वडामा लगाइएको अधिकांश मकैबाली ढलाएको त्यहाँका स्थानीयवासी सरोज कोइरालाले जानकारी दिए। हावाहुरीले रानीवास आसपासका होम्ताङ, पात्लेपानी र खैराङमा लगाइएको मकैबालीमा समेत क्षति पुगेको कोइरालाको भनाइ छ […]

पहिलो पटक व्यावसायिक अनारखेती

पाल्पा। व्यवसायिक रुपमा कृषि गर्ने किसानहरुको लहर बढेसंगै पाल्पाको मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती शुरु गरिएको छ । मदनपोखराका स्थानीय बासिन्दा नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । उनले भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाएका छन् । एक पटक […]

विदेशमा श्रम बेचेर हुने आम्दानी भन्दा कयौं गुणा बढी आम्दानी,नेपालमा कृषिबाटै-प्रचण्ड

काठमाडौं। क्रान्तिकारी किसान संगठनहरूको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो ऐतिहासिक एकता भेलालाई पूर्ण सफलताको शुभकामना दिए। क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको ऐतिहासिक एकता राष्ट्रिय भेला”को आज उद्घाट्न गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए । माओवादी पार्टीहरूको एकता पश्चात् […]

एकै जिल्लाबाट १० हजार ६६८ किलो जडिबुटि बिक्री

म्याग्दी। आव २०७२/७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार सतुवा ६१४ किलो, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७, बिगजरा ४००, कुट्की दुई हजार ९५३, चिराइतो ६००, जटामसी एक हजार, अमलदेव ७००, भिरमह एक हजार १५३, सुगन्धवाल ८०, वनलसुन १० र यार्सागुम्बा […]