काठमाडौँ। देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ ।

कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ । पश्चिमको तुलनामा पूर्वमा कम रोपाइँ भएको छ ।

पूर्वाञ्चलमा ८१.०२, मध्यमाञ्चलमा ८५.८५, पश्चिमाञ्चलमा ९६.७१, मध्यपश्चिमाञ्चलमा ९७.२९ र सुदुरपश्चिमाञ्चलमा ९९.८८ प्रतिशत रोपाइँ सकिएको छ ।

सबैभन्दा धेरै सूदुरपश्चिमाञ्चलको बझाङ, बाजुरा, दार्चुला, कैलाली र कञ्चनपुरमा १०० प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा थोरै पूर्वाञ्चलको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ८१.८० प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ ।