अर्बौं बजेट खर्च तर किसानको पहुँचभन्दा बाहिर

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ। कृषिले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान पनि निरन्तर ओरालो लागेको छ। यसले कृषि क्षेत्रमा गरिएको लगानी ‘बालुवामा पानी’ खनाएजस्तै देखाएको छ। […]

कृषकका लागि बनाइएको तरकारी केन्द्रमा ठूला ब्यापारीको कब्जा

खोटाङ। सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् । कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा […]

किसान परिचयपत्र वितरण योजना अलपत्र

काठमाडौं । सरकारले दुई वर्षअघि सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रम अलपत्र भएको छ । आर्थिक वर्ष ०७१-७२मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधि नै अपूर्ण भएपछि सफल हुन नसकेको हो । किसानलाई दिइने अनुदान गैरकिसानले दुरुपयोग गरेको गुनासो आएपछि सरकारले किसान परिचयपत्र वितरण सुरु गरेको थियो । […]

भारतबाट ५० हजार मेट्रिक टन चिनी किन्न तयारी सुरु,नेपालकाे उखुले भाउ पाउँदैन, भारतबाट अाउँछ चिनी

काठमाडौं । नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष ५० हजार मेटि्रक टन चिनी किन्न तयारी सुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ५० भारतबाट हजार मटि्रक टन चिनीका लागि भन्सार छुट माग्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । तर, अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने/नदिने विषमा निर्णय लिएको छैन […]

नुनको मूल्य बढाउने तयारी,३५ करोड अनुदान पाए नबढ्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ । नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा […]

मौसममा बदली : काठमाडौंमा सामान्य बर्षात, मौसममा कहिले आउँछ सुधार ?

काठमाडौं । उपत्यकामा शुक्रवार बिहानवाट मौसममा बदली आएको छ। मौसममा आएको बदलावका कारण सामान्य पानी पर्ने र चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारत हुँदै सुदूरपश्चिमवाट नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले  जानकारी दिइन्। मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा […]

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् । किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लिसो अहिले खाद्यान्न बाली लाग्ने जमीनमा पनि लगाएका थिए । तर  फल लागेर […]

ललितपुरमा चारदिने अर्गानिक कृषि मेला हुदै

काठमाडौं । ललितपुरमा पहिलो पटक चार दिने अर्गानिक(प्रांगारिक) कृषि मेला हुने भएको छ । ललितपुरको पाटन दरबार संग्रालयमा उक्त मेलाको आयोजना गरिएको छ । आगामी शुक्रबारदेखि सुरु हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्रांगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादन, मसला, चामल, गहुँ, मकै, दाल, फापरलगायतका ५० वटा स्टांल राख्ने व्यवस्था […]

कुखुराको भालेको पनि बन्ध्याकरण

पाल्पा। सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास […]

पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा. युवकध्वज जिसी

काठमाडौं। सरकारले २८ दिनदेखि रिक्त रहेको पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा युवकध्वज जिसीलाई बढुवा गरेको छ ।कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिसमा परेका थिए । तेस्रो पटक सचिव नियुक्तिका लागि सिफारिसमा परेका जिसीलाई माघ ६ गते बसेका मन्त्रीपरिषद्को निर्णयले सचिवमा बढुवा गरेको थियो । आज मंगलबार मात्र […]