टिमुरको उत्पादनमा दोब्बरले कमी

घोराही। दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन […]

घाटा खाएर आलु बिक्री गर्दै किसान, आलुको मूल्य आधाले घट्यो

भोजपुर। भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताउनुभयो । किसानले गत वर्ष प्रतिकिलो रु. ५० मा बिक्री गरेको आलु […]

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन् । उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन् । उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका […]

कृषिमा आत्मनिर्भर बन्दै दोलखाको शैलुङ

दोलखा। सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन् । दोलखाको शैलुङ गाउँपालिका–८ शैलुङ […]

धानमा फड्के किराको प्रकोपले किसान चिन्तित

देउखुरी। दाङको राप्ती गाउँपालिका–५ कालापानीका अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के किराले असर गरेको छ । रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थाल्यो । अचानक धानका बोट सुकेर पहेँलो […]

काँक्रो खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु. पाँच लाख बढी आम्दानी गर्ने गरेका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन् । “एक दशकदेखि काँक्रो खेती गर्दै आएका […]

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा। दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रुपमा कागती खेती सुरु गरिएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन्। कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएका हुन्। बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको […]

पशु आहारामा यूरिया र सखरको उपयोगिता

परिचय : सामान्यतया यूरियालाई नाइट्रोजनयुक्त मलको रुपमा खेतबारीमा प्रयोग गरिन्छ | तर पशु आहारमा पनि प्रोटिन प्रवाह गर्न यसको प्रयोग हुदै आएको छ | उग्राउने पशुको रुमेनमा हुने सुक्ष्यम जिवाणुले यूरियामा हुने नाइट्रोजनलाइ प्रोटिनमा परिवर्तन गर्दछ |त्यसैगरी सखर/खुदोमा प्रयाप्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ |सखर /खुदो शक्तिबर्दक हुने र यूरियाबाट प्रोटिन पाइनेहुदा उपयुक्त तरिकाले यी […]

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

म्याग्दी। हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ। मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन्। स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन्। पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु […]

उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

वालिङ। स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र […]