परिचय :

सामान्यतया यूरियालाई नाइट्रोजनयुक्त मलको रुपमा खेतबारीमा प्रयोग गरिन्छ | तर पशु आहारमा पनि प्रोटिन प्रवाह गर्न यसको प्रयोग हुदै आएको छ | उग्राउने पशुको रुमेनमा हुने सुक्ष्यम जिवाणुले यूरियामा हुने नाइट्रोजनलाइ प्रोटिनमा परिवर्तन गर्दछ |त्यसैगरी सखर/खुदोमा प्रयाप्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ |सखर /खुदो शक्तिबर्दक हुने र यूरियाबाट प्रोटिन पाइनेहुदा उपयुक्त तरिकाले यी दुइलाई पशु आहारामा सम्मिलित गर्नसके पशुजन्य उत्पादन  उल्लेख्य बृद्दी गर्न सकिन्छ | एउटा अध्ययनले देखाएअनुसार पराल मात्रै खुवाएर पालिएका पशुभन्दा यूरिया मिश्रित पराल खुवाइएका पशुहरुको दुध उत्पादन   र बाच्छाबाच्छीको तौल उल्लेख्य मात्रामा बढी पाइएको छ |त्यस्तै बालि लागेपछि छिट्टै गर्भ रहने र बेतान्तर पनि कम हुनेजस्ता प्रजननसंग सम्बन्धित फाइदाहरु पनि यूरिया र सखर मिश्रित आहारा खुवाइएका गाईहरुमा बढी पाइएको छ |

उपयोगिता:

  • उग्राउने पशुको पेट चार भागमा बाडिएको हुन्छ |त्यसमध्ये रुमेनको काम रेशायुक्त पदार्थको पाचनमा सहयोग पुर्याउनु हो |रुमेनमा थुप्रै जीवाणु हुन्छन जसले रेशाको पाचन गरि पोषण तत्व ग्रहण गर्छन | तर त्यसका लागि सुक्ष्यम जीवाणुलाई पोषण तत्व चाहिन्छ |परालमा पोषण तत्व कम हुने हुदा शुक्ष्म जीवाणुहरुले पर्याप्त मात्रामा रेशायुक्त पदार्थ पाचन गर्न सक्दैनन् | यूरिया र सखर सँगै मिसाएर पराल खुवाउदा सुक्ष्यम जीवाणु बढी सक्रिय भै परालमा भएको रेशापनि पर्याप्त मात्रामा पाचन हुने र यूरियामा भएका नन प्रोटिन नाइट्रोजनलाइ पनि प्रोटिनमा परिवर्तन गर्ने हुदा दोहोरो लाभ हुन्छ |
  • यूरिया प्रयोग गरिएको परालमा सुख्खा परालमा भन्दा १० % बढी कुल पाचनयोग्य पोषण (TDN) उपलब्ध हुन्छ |
  • सुक्खा / चिसो मौसममा हरियो घासको कमि हुने हुदा अति उपयोगी हुन्छ |

प्रयोग गर्ने विधिहरु :

१ . परालमा  यूरियाको मिश्रण छर्कने :

  • आवश्यक मात्रामा (मानौ १०० केजी )  पराल लिने र गोलो आकारमा फिजाउने
  • ५० लि. पानीमा ४ केजी यूरिया घोल्ने र फिजाएको परालमाथि छर्कने र पराललाइ खुट्टाले कुल्चिने
  • फेरी त्यसमाथि पराल फिजाएर पहिलेझैँ यूरिया / पानीको मिश्रण छर्केर खुट्टाले कुल्चिने |
  • यो प्रक्रिया आफुलाई आवश्यक पर्नेजति परालको लागि दोहोर्याउने |
  • अन्त्यमा केराको पात /प्लास्टिक /यूरिया प्रयोग नगरिएको परालले छोप्ने (यसो गर्दा उक्त थुप्रोभित्र यूरियाबाट बनेको एमोनिया ग्यास बाहिर निस्किदैन र बाहिरको हावा पनि भित्र छिर्न पाउदैन )
  • ३ हप्तापछी उक्त पराल पशुलाई खुवाउन योग्य हुन्छ | आवश्यक मात्रामा पराल झिकी फेरी पहिलेझैँ छोपीराख्नुपर्छ |
  • थारा गाई/ भैशिलाई ५-६ केजी र दुहुना गाई /भैशिलाई ४-५ केजी दैनिक हरियो घाससंग मिसाएर वा नमीसाइकन खुवाउन सकिन्छ |

२. यूरिया र सखर/खुदो को तरल मिश्रण तयार गरेर :

 २० केजी सखरमा ०.५-१ केजी यूरिया घोलेर मिश्रण तयार गर्ने र १ रात त्यत्तिकै छोडदिने | भोलिपल्ट राम्रोसंग चलाएर तोरीको पिना , ढुटो/ब्रान , मिनरल्स र नुन मिसाएर खुवाउन सकिन्छ |

३. साइलेज बनाउदा :

  • हरियो घास (मकै ,नेपियर, जै) लाइ मसिनो गरि काट्ने (घास काट्दा घासको फलको दानामा दुध पसिसकेपछी काट्नुपर्छ)
  • ४-५ घण्टा औल्याएर सिलो पिटमा भर्ने , सँगै खुदो र यूरिया २% मिसाउने
  • खुदोले पीएच घटाउन सहयोग गर्छ जसले गर्दा lactobacillus जस्ता जीवाणुले घासमा भएको स्टार्चलाइ lactic acid र acetic acid मा बदल्छन
  • साइलेज तयार गर्दा हावा नछिर्नेगरि सिलोपिट बन्द गर्नुपर्छ |

४. यूरिया र खुदोको ब्लकहरु बनाउने 

  • ५ केजी खुदो , १ केजी यूरिया, ०.५ केजी नुन र २.५ केजी ढुटो/ब्रान लिने
  • सुरुमा यूरिया र नुन मिसाउने , अलिकति पानि थप्दै घोल्दै जाने | घोल तयार भएपछी खुदो मिसाउने र अन्तिममा ढुटो/ब्रान मिसाउने
  • मिश्रणलाइ आयताकार /बेलनाकार खाचामा हाल्ने र मज्जाले दबाउने
  • खाचाहरुलाई हावा चल्ने र प्रत्यक्ष्य घाम नलाग्ने ठाउमा राख्ने , केहि दिनमा ब्लक तयार हुन्छ र चिसो र सुक्खा ठाउमा भण्डारण गरेर राख्ने

सावधानी :

  • ६ महिना भन्दा कम उमेरका बाच्छा/बाच्छी र पाडा/ पाडीको रुमेंन राम्रोसंग विकसित भइनसकेको हुदा यूरियाको विषाक्तता देखिन सक्छ ,त्यसैले सो उमेर समुहलाई नखुवाउने
  • ब्याउने पशुलाई गर्भावस्थाको अन्तिम ३ महिना नखुवाउने
  • नउग्राउने पशुहरु (non ruminants) जस्तै कुखुरा, गधा, घोडा , बंगुर , खरायो लाइ यूरिया मिश्रित कुनै पनि आहारा खुवाउनु हुदैन
  • यूरिया मिश्रित आहारा अरु आहारासंग मात्रा मिलाएर र प्रशस्त पानि संग मात्रै खुवाउनुपर्छ
  • केहि गरि यूरियाको विषाक्तता (स्वास फेर्न कठिनाइ हुने ,पेट फुल्ने, र्याल काढ्ने ) देखिएमा पर्याप्त मात्रामा चिसो पानि मा थोरै भिनेगर /अम्लिय पदार्थ मिसाएर खुवाउने