निर्देशन बेवास्ता गर्दै वाणिज्य बैंकहरु, कृषि कर्जामा लगानी गर्न आनाकानी

ललितपुर। नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्‍याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा […]

हुने खानेको रोजाइमा पर्दै कोदो

पोखरा। वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी […]

पशुपालनका लागि ६ करोड अनुदान वितरण

हेटौंडा। प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा […]

अण्डा उत्पादक संघको अध्यक्षमा शिवराम केसी निर्वाचित

ललितपुर। नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका केसी तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाति भएका हुन् । संघको विशेष साधारण सभा तथा अधिवेशनअन्तगर्तत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका प्रत्यासी रघुनाथ भट्टलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् । केसीले […]

कस्तो माटोमा कुन तरकारी लगाउने भन्ने अलमलमा हुनुहुन्छ ? आउनुहोस् एक्कै छिन जानकारी लिऔं

कुनै पनि बिरुवाको जरा माटोभित्र फैलिएको हुन्छ । जराले माटोलाई समाउँछ र जमीनमा खडा हुन्छ । जराद्वारा नै तरकारीका बोटबिरुवाहरुले माटो भित्रबाट विभिन्न पोषकतत्वहरु प्राप्त गर्दछन् । माटोमा भएको चिस्यानमा बिरुवालाई आवश्यक पर्ने विभिन्न खनिज तत्वहरु घुलनशील अवस्थामा रहन्छन् । यी तत्वहरु बोटका जराले शोषण गरेर लिन्छन् र बोटका विभिन्न भागहरुमा पुरयाउँछन । त्यसकारण माटोको […]

बजारमा राम्रो माग रहेको व्यवसायीक लौकाट पालन सम्बन्धी जानकारी

लौकाट अफ्रिकी मूलको चरा हो । नेपालमा लौकाटपालनले व्यावसायिक रूप लिन सकेको छैन । केही भारतीय व्यापारीहरूले दसैँ तिहारताका मासुको माग बढेको समयमा काठमाडौमा लौकाट बिक्री वितरण गर्दछन् । लौकाट मासु र अन्डाको लागि पालन गरिन्छ । लौकाटको वैज्ञानिक नाउँ Numida meleagris हो । लौकाटको मासु केही मुलायम र गाढा रङको हुन्छ । लौकाटको मासुमा विशेष […]

आधुनिक तबरबाट गाई पालन गर्ने सोचमा हुनुहुन्छ ? आवश्यक सम्पूर्ण जानकारी लिनुहोस

नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ ।  यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई […]

धान र मकै सुकाउने ड्रायरको लागि प्रस्ताव आव्हान

ललितपुर। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्रले चैते धान र बसन्ते मकै सुकाउने ड्रायरको लागि आशयपत्र पेश गर्न प्रस्ताव आव्हान गरेको छ । केन्द्रको चालु आर्थिक वर्ष ७६/७७ को स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा ड्रायर वितरण गर्ने लक्ष्य रहेकोले आशयपत्र आव्हान गरेको हो । ड्रायर आवश्यक पर्ने कृषक समुह, सहकारी वा […]

अव आवेदन दिएको सात दिनमै कृषि कर्जा

ललितपुर। अब कृषि तथा पशुपन्छीं सम्बन्धी उद्यम गर्न चाहने व्यक्ति, समुह वा फार्मले आवेदन दिएको एक हप्ता भित्र कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल बुधबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १५ लाख […]

चट्याङ के हो ? यसको क्षतिबाट कसरी बच्ने ? जानीराखौं

ललितपुर। बर्खायाम सुरु भएसँगै दैनिक रुपमा चट्याङ परिरहेको हुन्छ । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि जस्ता समस्या उत्पन्न हुन्छ । चट्याङ के हो ? चट्याङ वातावरणमा हुने प्राकृतिक प्रकृया मध्येको एक हो । अकाशबाट […]