व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड। पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख […]

व्यावसायिक फूलखेतीमा रमेका राजेशकुमार गुप्ता

पाल्पा। तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस […]

प्रतिकिलो १६ हजार पर्ने सतुवा खेती गर्ने सजिलो प्रविधि

सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनऔषधी हो । वनस्पति परिवार मा पर्ने लिलियसी को बैज्ञानिक नाम (ल्याटिन नाम)  पेरिस पोलिफाईला (Paris polyphylla Sm.) हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जरा अदुवाको जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । खसु्र र ठिंग्रे […]

देशका विभिन्न भागमा वर्षा, सतर्क रहन आग्रह

ललितपुर। देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो । मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही […]

जिरा खेती गर्ने सोचमा हुनुहुन्छ ? अव घरैमा बसि लिनुहोस सम्पूर्ण जानकारी

जिरा एक मसला वाली हो । यस्को उत्पत्ति मिश्र  (इजिष्ट) मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत, इरान, इराक, साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । नेपालमा जिरा आयात गर्ने पव्रमुख देश भारत हो , बर्षको २० अर्ब भन्दा बदी जीरा आयत हुन्छ। यसको विकासका […]

लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन

ललितपुर। नेपाल जाइका अलमनाई एशोसिएशन (जान) र जापान नेपाल सोसाइटी, टोकियो जापानको सहयोगमा ललितपुरको लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ । नेपालका लागि जापानका राजदूत मासामिचि साइगो, गोदाबरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा रामचन्द्र भुसालले एक समारोहकाबीच […]

गोलभेडालाई ताजा राख्ने ? त्यसो भए यो प्रविधि अपनाउँ

सबैको भान्छाघरमा खानाको स्वाद बढाउने एउटा कमन तरकारी हो, गोलभेडा । यो गोलभेडाको स्वाद ताजा रहँदासम्म मात्रै मिठो हुन्छ । गोलभेडा पुरानो हुँदै गएपछि यसको स्वाद विग्रदै जान्छ । फ्रिजमा पनि तीन चार दिनसम्म मात्र यसको स्वादलाई मिलाएर राख्न सकिन्छ । तर चिन्ता मान्नु पर्दैन, अब गोलभेडालाई ३० दिनसम्म ताजा राख्न सकिन्छ । भारतको हैदरावादस्थित […]

बिबादमा पर्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो । उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान (फरेष्टी कलेज) को जग्गामा जबर्जस्ती भवन निर्माण गर्न […]

भैँसी पाल्ने किसानलाई १ लाख अनुदान

चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रू। एक लाख अनुदान वितरण गरेको छ । बिहीवार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रू। एक लाखको चेक हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताए […]

किसानलाई पेन्सन दिने बुढीगङ्गा पहिलो स्थानीय निकाय

बाजुरा। नेपाल कृषि प्रधान देश भए पनि किसान भने अहिलेसम्म उपेक्षित छन् । किसानहरु मुलुकमा सबैतिर उपेक्षित भइरहेका बेला बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सन दिने भएको छ ।नगरप्रमुख दीपकविक्रम शाहले तेस्रो नगरसभाबाट किसानलाई पेन्सन दिने निर्णय भएको बताउनुभएको छ । किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो । ढिलो गरी […]