गोलभेँडा खेतीबाट वार्षिक १० लाख आम्दानी!

पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेँडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन्। ‘गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,’ बम्रेलले भने, ‘गोलभेँडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ।’ गोलभेँडा खेतीबाट अहिले रु १० […]

बाढीका कारण ५ लाखको संख्यामा सर्वसाधारण खाद्य असुरक्षामा

काठमाडौं । प्राकृतिक प्रकोपका कारण ५ लाख नेपाली खाद्य असुरक्षामा परेको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको छ । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण खाद्य सुरक्षामा संकट भोगिरहेकामध्ये ३ लाख नागरिक सबैभन्दा बढी प्रभावित बनेको डब्लूएफपीको तथ्यांक छ । प्राकृतिक विपत्ति लगतैदेखि प्रभावित क्षेत्रमा सक्रिय नेपालस्थित डब्लूएफपीको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार मुलुकभर […]

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद […]

बर्डफ्लु रोग नियन्त्रण र रोगथाम

बर्डफ्लु पंक्षीहरुमा लाग्ने अति सङ्क्रामक एवं घातक सरुवा रोग हो । यो रोग एभिएन इन्फ्लुएन्जा भाइरस (Avian influenza Virus)ले लाग्ने गर्दछ । कम घातक बर्डफ्लुलाई (Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरीन्छ, भने अति घातक बर्डफ्लुलाई (Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ । HPAI मुख्य गरी H5N1भाइरसले  लगाउँछ । यो भाइरस पंक्षीहरुमा एकदम चाँडै सर्न […]

यसपटकको दशैंमा खसीबोका महंगिने, बर्षेनी वाहिरिन्छ आठ अर्ब

काठमाडौँ । हिन्दू धर्मालवीहरुको महान चाड दशैंमा घरघरै खसीबोका काट्ने प्रचलनका कारण उपत्यका सहित देशभर यस चाडमा खसी बोकाको माग ह्वात्तै बढ्ने गर्छ । उपभोक्ताले दशैंमा मन खोलेर खसीबोका, भेडाच्यांग्रा किन्ने गर्दै आएका छन् । विशेष त दशैंलाई लक्ष्य गरेर व्यापारीले मुलुकका विभिन्न जिल्लासहित भारतबाट समेत उपत्यकामा खसीबोका ल्याउने गरिन्छ । विगतका बर्षहरुमा भन्दा यस […]

अलैँचीका बिरुवा बिक्री नहुँदा कृषक मर्कामा

पाँचथर। अलैँचीको बिरुवा बिक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिकरुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा बिक्री नभएकामा चिन्तित छन् । अलैँची खेतीको विस्तार, सुधार र रोग किरा नियन्त्रणका लागि सरकारी निकाय तथा गैरसरकारी संस्थाले समेत कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । नगदे बालीमध्ये अलैँचीको मूल्य सबैभन्दा माथि […]

मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौं। सरकारले मंसिर १० गते एकैदिन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गर्ने गरी मिति घोषणा गरेको हो । सरकारका प्रवक्ता मोहन बस्नेतले निर्वाचन आयोगले दिएको सुझाबका आधारमा निर्वाचन मिति तोकिएको बताए । निर्वाचनको मिति घोषणाको निर्णय मंगलबार निर्वाचन आयोगलाई पत्र लेखेर […]

यार्सागुम्बाको संकलनः आर्थिक लाभभन्दा पर्यावरणमा असर

डोल्पा। डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ ।  यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन गर्न यहाँ स्थापित संस्था युथ फर नेचर डोल्पाले यार्सागुम्बाको अव्यवस्थित संकलनले डोल्पालीलाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको रहस्य खुलेको हो । अनुसन्धानबाट यार्सागुम्बाको बढ्दो खोजले […]

कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति

काठमाडौँ। कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री यादवले तराईका अधिकांश धानखेतमा क्षति भएको बताउँदै माछापालनदेखि कृषिजन्य संरचना ध्वस्त भएको बताउनुभयो । यही भदौ १० गतेभित्र कृषिसम्बन्धी विशेष […]

प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण’ परियोजनाको रकममा ‘स्थानीय निकाय’ को ब्रम्हलुट !

पर्वत। जिल्लामा भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकम सडक र डोजर खरिदमा खर्चिएपछि परियोजना अलपत्र परेको छ । दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा सञ्चालित विभिन्न बालीनालीको पकेटक्षेत्र विकासका लागि आएको रकम अन्यत्रै खर्च गरिएको हो । सो रकम गाउँपालिकामा डोजर खरिद, सडकस्तर वृद्धि र आमा समूहको भवनमा खर्च गरिएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ […]