स्ट्रबेरी र स्याउभित्र सियो फेला ! जनजीवन आतंकित

एजेन्सी। अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका मुलुकमा स्ट्रबेरीको मूल्यमा निकै ह्रास आएको छ । कयौं कम्पनीले यस्ता फल आयात तथा बिक्री बन्द गरेका छन् । केहीदिन यता अस्ट्रेलियामा स्ट्रबेरी, स्याउलगायतका फलभित्र सियो पाइएपछि जनजीवन आतंकित हुँदै गएको छ । सोही कारण अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् । न्यूजिल्याण्डका […]

स्याउ गोदाममै थन्कियो

मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ। भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ। झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ। […]

चिनीमा सरकारकै सिन्डिकेट

काठमाडौं। स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो । नेपाली उद्योगबाट उत्पादित चिनीले आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको […]

बजारमा आलु अभाव

सल्लेरी। सोलुखम्बुको साप्ताहिक हाटबजारमा पछिल्लो समय आलुको अभाव भएको छ । फल्ने बेला आलुको दाम छैन भन्दै कृषकले आलु बिक्री गर्न नमान्दा आलुको मूल्य बढेको स्थानीय व्यापार दिनेश राईले बताउनुभयो । बजारमा आलुको मूल्य बढ्नुको कारण यस वर्ष आलु कम उत्पादन भएको कृषक जीवनकला राईले बताउनुभयो । उहाँका अनुसार बीउका लागि भण्डारण गरेर बाँकी रहेको […]

१४ करोडको लगानीमा तयार भएको तरकारी बजार संचालन

भरतपुर। १४ करोडको लगानीमा नारायणगढका व्यापारीहरुले निर्माण गरेको तरकारी बजार सोमबारदेखि सञ्चालनमा आएको छ । यसअघिको तरकारी बजार साँघुरो र अव्यवस्थित भएपछि व्यवसायीहरुले १४ करोड लगानीमा नयाँ बजार बनाएका हुन् । बर्षौदेखि लायन्सचोकमा तरकारी तथा फलफूलको ब्यापार गर्ने व्यापारीहरु बाजा गाजा बजाउँदै भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा बनेको नयाँ तरकारी बजारमा सरेका छन् ।नयाँ तरकारी बजार […]

खाद्य संस्थानलाई दशैंको उपहार मकवानपुर र दाङबाट खसी, मुस्ताङबाट च्याङग्रा !

ललितपुर। नेपाल खाद्य संस्थानले यसपालीको दशैंलाई खसी र च्याँङग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । संस्थानले मकवानपुर र दाङबाट खसी ल्याउने भएको छ । यस्तै मुस्ताङबाट च्याँङग्रा ल्याउने जानाकरी दिएको छ । संस्थानले दशैैंको लागि २ हजार खसि र च्याङग्रा काठमाडौं ल्याउने भएको हो । खसी र च्याङग्रा ढुवानी कार्य अन्तिम चरणमा पुगेको खाद्य संस्थानका […]

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान कार्यक्रमले निरन्तरता पाउने

ललितपुर। दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई यस वर्ष पनि सरकारले सात करोड रुपैयाँ अनुदान दिने भएको छ । पशु सेवा विभागअन्तर्गत पशु उत्पादन निर्देशनालय, केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालयले दूध उत्पादनमा संलग्न किसानलाई दूध उत्पादन र बजारीकरणमा प्रोत्साहनका लागि आर्थिक वर्ष ०७२/७३ देखि प्रतिलिटर दूधमा एक रुपैयाँ थपिदिने कार्यक्रम संचालन गरेको थियो। आर्थिक वर्ष […]

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध हुने

नागार्जुन। नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो । चार पटक गर्भजाँच गराउनेलाई शुरुको […]

कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाइने

ललितपुर। सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । आईतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू-उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए । मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य […]

किसमिस खानुका यस्ता चामत्कारिक फाइदा , जानिराखौं

एजेन्सी। आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ । ज्वरो निको पार्ने : किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम […]