
एजेन्सी। आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।
ज्वरो निको पार्ने :
किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।
कब्जियत निको :
एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ ।
रगतको कमी हुने समस्या निवारण :
किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।
मृगौंला स्वस्थ् राख्न सहयोग :
किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।