सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी
गुल्मी। गुल्मीको मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका […]





