‘ट्रान्जिट परमिट’ले जडीबुटी निर्यात खस्कियो

बाँके। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगन्ज नाकाबाट ३७ करोड मूल्यबराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रूपमा नेपालगन्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट ३७ करोड २३ लाख मूल्यबराबरका ६ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यहाँबाट निकासी […]

संखुवासभाका २९ वडामा अलैंची जोन कार्यक्रम

संखुवासभा। संखुवासभाका १० स्थानीय तहका २९ वडामा अलैंची जोन कार्यक्रम लागू हुने भएको छ। खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइएको कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख रामबहादुर ठाकुरले बताए। जिल्लाको कुल ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र […]

प्रतिमेट्रिक टन ११७ डलरमा आउने रासायनिक मललाई ५३६ डलरमा किन्ने तयारी

ललितपुर। सरकारले अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने बताए पनि सामान्यभन्दा सामान्य विषयमा पनि ठूलै मात्रामा कमिसन लिने प्रवृत्ति मौलाएको छ । व्यापारिक रुपमा गरिने काममा त वैधानिक रुपमा नै कमिसन पाइएला तर जनताको दैनिक आवश्यकतासँग जोडिएको विषयमा समेत कमिसन लिने प्रवृत्ति पछिल्लो दिनमा मौलाउँदै गएको छ । यतिबेला किसान गहुँ खेतीमा व्यस्त छन् । गहुँका […]

खाद्य संस्थान र नेशनल ट्रेडिङ खारेज, आपूर्ति सम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाइदै

काठमाडौं। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्ति सम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाउने भएको छ । माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यो कामको लागि सैद्धान्तिक स्वीकृति दिएको हो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एकै प्रकृतिका […]

कृषकको लगानीमा प्रशोधन केन्द्र

राँझा। कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोड रूपैयाँको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रशाेधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ सेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन […]

बिना धितोको ऋणले फेरियाे जीवन

पर्वत। दुईरचार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग परेकाछन् । आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थालेका हुन् । रु ५० हजार ऋण लिएर […]

भैँसी सुन्दरी विजेता विन्देश्वर इशरले पाए लैनो भैँसी पुरस्कार

इनरुवा।  सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख […]

अब ५२ गाउँमा स्मार्ट कृषि कार्यक्रम

बुटवल।   प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । कार्यक्रम सञ्चालनका लागि विभिन्न मापदण्ड निर्धारण गरी तयार पारेको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै प्रदेश ५ का १२ जिल्लाका ५२ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि बाटो तय भएको हो । सरकारले १२ जिल्लामा ५२ वटा गाउँ छनोटको काम अन्तिम चरणमा पु(याएको छ । छनोट हुने […]

नयाँ प्रजातिका माछा भित्रिएसँगै रैथाने माछा लोप हुँदै

पोखरा। नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् । पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर […]

चिनी मिलले उखु किन्न आनाकानी गर्दा नवलपरासीका किसान मारमा

नवलपरासी। समयमै चिनी मिल सञ्चालन नहुँदा नवलपरासीका उखु उत्पादक किसान मारमा परेका छन् । चारमध्ये सञ्चालित दुई मिलले पनि खरिदका लागि आनाकानी गर्दा उखु खेतमै सुक्न थालेको छ । उद्योग सञ्चालक चिनीको मूल्यवृद्धि नगरेसम्म सरकारले तोकेको मूल्यमा उखु किन्न नसक्ने अडानमा छन् । नवलपरासीमा इन्दिरा, लुम्बिनी, बागमती र मोहीनी गरी चार वटा ठूला चिनी उद्योग […]