प्लास्टिक घरमा तरकारी खेती

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा विश २०४२ सालतिर भएको हो। बिगत ७-८ बर्षबाट नेपालका अधिकांश […]

बाँके र बर्दियाको दुई गाउँ स्मार्ट कृषि गाउँ

नेपालगन्ज। बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अभियानको आज शुभारभ्भ गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिका वडा नम्बर ८ ताराताल शिवनगरलाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । बाँकेको खड्कवारमा बसन्ते मकै र तरकारी खेतीको लागी स्मार्ट बनाईने भएको छ भने बर्दियाको शिवनगरमा गाईभंैसी […]

२५ वर्षदेखि बाँझो जग्गामा सामूहिक खेती, वार्षिक २५ लाख आम्दानी

परशुराम। डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती […]

कुखुरीले पार्नेछिन अब गुलाफी रंगको साकाहारी अण्डा

एजेनसी। बिश्वभर अण्डाको बिषयमा दुई थरीको धारणा छ, पहिलो अण्डा मांसाहारी हो । दोश्रो अण्डा साकाहारी हो । यो बिषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । एकातिर विवाद छ भने अर्को तर्फ माछा, मासु नखाने साकाहारीको हकमा पहिलो पटक साकाहारी अण्डाको विकास गरिएको हो । भारतले यस्तो कुखुरीको विकास गरेको जसले साकाहारी मानिसको भूख […]

नेपाल कृषि पत्रकार प्रतिष्ठानको अध्यक्षमा गोविन्द घिमिरे निर्विरोध

काठमाडौ। नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को नयाँ कार्यसमिति चयन भएको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सहित १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष अधिकारी, महासचिवमा पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजाराम कार्की, […]

पशु पालन गर्न अनुदानै अनुदान, ६ लाखदेखि २५ लाखसम्म

ललितपुर। प्रदेश नम्बर ३ को सरकारले पशुपालन गर्ने किसानका लागि अनुदानै अनुदानको घोषणा गरेको छ । प्रदेश नम्बर ३ अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार (२०७५ माघ २२ गते)सूचना प्रकाशित गरी किसानहरुलाई अनुदान उपलब्ध गराउने घोषणा गरेको हो । उक्त मन्त्रालयले गाई प्रवद्र्धन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, पाडापालन कार्यक्रम तथा उच्च प्रजनन् […]

पूरै गाउँको आयस्रोत केराखेती

म्याग्दी। वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । […]

कृषि मन्त्रालय खारेज गरौं :सांसद त्रिपाठी

काठमाडौं। प्रतिनिधिसभा सदस्य ह्रदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय नै विचौलियाको पक्षमा लागेको भन्दै यस्तो माग राखेका हुन् । सूर्य चिह्नबाट निर्वाचित सांसद त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने […]

डोटीमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन हुने

डोटी। जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको […]

नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन गर्दै गण्डकी प्रदेश

तनहुँ। गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो । जसअनुसार […]